झारखंड: गाईले चबायो ४ फिट लामो अजिंगर

00-Cow

राँची: डाल्टनगञ्जमा एउटा गाईले ४ फिट लामो अजिंगरलाई चबाएको घटना देखेर गाई मालिक साथै वरपरका मानिसहरु छक्क परेका छन्। समाचारका अनुसार, गाईका मालिक सञ्जय सिंहले आफू गाईलाई चारो दिन गोठमा गएको बेला त्यहाँ अजिंगरको शरीरको एक भाग गाईको मुखबाट बाहिर निस्किएको देखे। सञ्जय सिंहले तत्कालै गाईको मुखबाट अजिंगरको बाँकी भाग निकाले। त्यसपछि भेटेरिनरी डाक्टरलाई बोलाएर गाईको जाँच गरियो। परीक्षणपछि भेटेरिनरी डाक्टरले अजिंगर जवान र कम विषालु भएको बताए। त्यसैले गाईमा त्यसको विषले कुनै असर गरेन। डाक्टरले गाईलाई पिका नामक रोग लागेको बताए। यो रोगका कारण गाईले असामान्य व्यवहार गर्न थाल्छ। यस समयमा तिनीहरू गोबर र माटो खान्छन्। यसका साथै पिसाब पनि चाट्छन्। यस्तो अवस्थामा गाईका मालिकहरूले समय समयमा आफ्नो घरपालुवा जनावर जाँच गराइरहनुपर्ने सुझाव दिएका छन्l

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *