सिक्किम: चुनाउलाई ध्यानमा राख्दै सीएपी सिक्किमको पाकिममा सभा

n586932498170904407673224cdc51bb2c2d5272b43ee015e7f0cd2fd8242618f3e8bec5948508366e1d5e2.jpg

गान्तोक: सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको आज पाकिम जिल्लाको जिल्ला कार्यालयमा पाकिम जिल्लाको जिल्ला कार्यकारिणी समिति लगायत क्षेत्रको कार्यकारिणी समितिको बैठक बस्यो।

उक्त सभाको अध्यक्षता पार्टीको अध्यक्ष भरत बस्नेतले गरेको थियो।

सभामा जिल्लाका कार्यकारिणी अध्यक्ष भुषण अधिकारी, जिल्ला अध्यक्ष दीपेन्द्र राई, महिला समितिका अध्यक्ष फुरी शेर्पा लगायतका सम्पूर्ण सदस्यहरूको उपस्थिति थियो। उक्त जानकारी पार्टीको जिल्ला अध्यक्ष दिपेन्द्र राईले प्रेस विज्ञप्तिमा दिएका छन्।

सभामा पार्टीका भावी रणनीति साथै चुनाउको निम्ति गरिनु पर्ने कार्यक्रमको विषय लिएर छलफल गरियो। सभाले रणनीति अनुसार आउने चुनाउको निम्ति सामाजिक सञ्जाललाई अझ तीव्र बनाउँने निर्णय गऱ्यो जसको निम्ति जिल्लाभित्रै आफ्नो वार रूम बनाई सञ्चालन गर्ने निर्णय गऱ्यो। जिल्लाले चुनाउलाई ध्यानमा राखेर चुनाउ सुपरिवेक्षण समितिको पनि गठन गरेको बताइएको छ।

सभालाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष बस्नेतले पार्टीको सिद्धान्तलाई ध्यानमा राख्न साथै अब चुनाउमा ध्यान दिन पर्नेमा जोड दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement