मानव उत्थान सेवा समिति खरसाङद्वारा जीटीए चिफ् अनित थापालाई सम्बर्ध्दना

खरसाङ: मानव उत्थान सेवा समिति खरसाङद्वारा खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा आयोजित आध्यात्मिक जागरण समारोहमा जीटीए चिफ् एक्जीक्युटिभ अनित थापालाई सम्बर्ध्दना जनाइएको छ।

मानव उत्थान सेवा समितिको आयोजनामा सम्पन्न आध्यात्मिक समारोहमा आएर धेरै आध्यात्मिक वचन सुन्नु पाएको छु भनी जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले बताएका छन्। उनले मैले एउटै सोच लिएर हिँडेको छु कि राम्रो काम गर्नु गार्हो छ तर म गार्हो काम गर्नु छोड्दिन। मेरो जीवनको मिशन नै यही हो भनी बताएका छन्।

उनले यो समारोहमा शान्ति महसुस भयो भन्दै यहाँ जीवनलाई अघि बढाउने ज्ञान पाईयो। संसारमा सबैलाई हतार हुन्छ। तर यहाँ कसैलाई हतारमा देखिन। यसको कारण सायाद कसैलाई कसैबाट कुनै कुराको आशा नराख्नु हो।
आजको समारोहमा आउनु मेरो निम्ति अहोभाग्यको कुरा हो भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement