सिक्किम: पैह्रो पीड़ितहरूलाई जग्गाको पर्चा हस्तान्तरण गरेकोमा मुख्यमन्त्रीप्रति कृतज्ञता व्यक्त

n58693250217090438676703a86567fceff568cfe8658dea6f205c44b733a74cf07fb415a0628a83908800f.jpg

गान्तोक: पाथिङका पैह्रो पीड़ितहरूलाई जग्गाको पर्चा हस्तान्तरण गरेकोमा मुख्यमन्त्री पीएस तामाङप्रति याङगाङ राङगाङकी क्षेत्र विधायक राजकुमारी थापाले कृतज्ञता व्यक्त गरेकी छन्।

मंगलवार पत्रकारहरूलाई सम्बोधन गर्दै विधायक थापाले सुख्खा पैह्रोले पाथिङ वार्डका लगभग ६६ परिवारका घरमा व्यापक क्षति पुगेको बताइन्।

मुख्यमन्त्री तामाङले मन्त्रीहरूसहित प्रभावित क्षेत्रको भ्रमण गरेका थिए भने सम्बन्धित अधिकारीहरूले पनि पीडितहरूसँग भेटेघाट गरेको उनले जानकारी दिइन्। यसै क्रममा सरकारको पक्षबाट पैह्रो पीडितहरूलाई पुनर्स्थापनाअन्तर्गत जग्गा र सिक्किम गरीब आवास योजनाअन्तर्गत घर र पीडित परिवारका एक सदस्यलाई रोजगारी दिने आश्वासन दिइएको पनि उनले बताइन्।

त्यसैगरी डाडागाउँ रामुदामु वार्डका पैह्रो पीडित १३ परिवारलाई पनि जग्गा पर्चा र एसजीएवाईको सुविधा प्रदान गरिएको विधायक थापाले जानकारी गराएकी छन्। उनले सबै प्रभावित परिवार अथवा मोठ ७९ परिवारलाई १००/१०० मापको भूमि आवण्टित गरिएको, तर त्यस भूमिको दस्तावेज आज मुख्यमन्त्रीद्वारा उपलब्ध गराइएको बताइन्। उनले पीडित परिवारका एक सदस्यलाई रोजगारी पनि दिइने र आगामी २९ फरवरीको दिन रम्फूमा आयोजन हुने कार्यक्रममा उनीहरूलाई नियुक्ति पत्रको व्यवस्था गरिने बताइन्।

त्यसैगरी पथिङमा दुईवटा प्रोग्रेसिभ होमस्टे सञ्चालनमा थिए जसलाई पनि पैह्रोले आंशिक क्षति पुऱ्याएको थियो भने होमस्टे सञ्चालकको प्रगतिशीलतालाई लिएर मुख्यमन्त्रीले मेगा होमस्टे परियोजनाअन्तर्गत ती दुई होमस्टेलाई पनि सुविधा प्रदान गरेको बताइएको छ। यसरी पीडितको माग र आवश्यकता पूरा हुनु याङगाङ राङगाङ निर्वाचन क्षेत्रको निम्ति खुशीको कुरा रहेको बताउँदै थापाले क्षेत्रवासीको तर्फबाट मुख्यमन्त्रीलाई धन्यवाद दिएकी छन्।

मुख्यमन्त्री आज तिमीतार्कुमा आयोजित जन भरोसा सम्मेलनको अवसरमा प्रभावित परिवारलाई जमिनको पर्चा वितरण गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement