लखिमपुर: मुख्यमन्त्री डा. हिमन्त बिस्व शर्मा धेमाजी जिल्लामा बोगिबील पुल नजिक ब्रह्मपुत्रको तटबन्धलाई पक्की सड़कमा विकसित गरी माजुलीसम्मको उक्त छोटो सड़कमा मंगलवार आयोजित बाइक यऱ्यालीमा सामेल भए।ठूलो संख्यामा बाइक सवारहरू सामेल रहेको मुख्यमन्त्रीको उक्त यऱ्याली मंगलवार बिहान धेमाजीको करेंग चापरीदेखि लगभग ६२ किलोमीटर टाड़ा माजुली तर्फ प्रस्थान भयो।मन्त्री बिमल बोरा, विधायक नब दलै, सांसद प्रदान बरूवा, पार्टीका अधिकांश नेता औ कार्यकर्ताहरू उक्त ऱ्यालीमा सामेल भए। मुख्यमन्त्रीको ऱ्यालीलाई सड़क किनारमा ठूलो संख्यामा उपस्थित मानिसहरूले उत्साहको साथमा स्वागत जनाए। यो विशाल बाइक ऱ्याली ढाकुआखाना अनुमण्डलको लोटासुर क्षेत्रमा पुग्यो।
यस अवसरमा लखिमपुरको जल संसाधन अभियन्ता राधेश्वर लांथासा, ढकुवाखाना जल संसाधन प्रभागका कार्यकारी अभियन्ता पीताम्बर डेका बोड़ो औ अन्य विभागीय अधिकारीहरूको उपस्थितिमा मुख्यमन्त्रीले नाबार्डको आरडीएफ योजना अन्तर्गत लगभग १७.२० करोड़ रुपियाँको लागत भएको एक जल संसाधन योजनाको शिलान्यास गरे।मुख्यमन्त्रीले ब्रह्मपुत्र नदीमा माटमारा तटबन्धको कटाउको स्थायी रोकथामको लागि शुरू गरिने योजनाको आधारशिला राखेपछि फेरि बाइकको नेतृत्व गरे। त्यसपछि ऱ्याली नवनिर्मित पक्की सड़क हुँदै माजली तर्फ प्रस्थान भयो।