असम: ब्रह्मपुत्रमा डुबेका छात्रको मृतदेह उद्धार

02_10_2022-hadsa_23113971.jpeg

धुबड़ी: एसडीआरएफको टीमले ब्रह्मपुत्र नदीमा डुबेको छात्रको लाशलाई उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार गए सोमवार बिहान ब्रह्मपुत्र नदीमा पौड़िने क्रममा छात्र डुबेका थिए। मृतक अंकुश राय धुबड़ी हायर सेकण्डरी स्कूलको फाइनल परीक्षाका परीक्षार्थी थियो। आज उसको परीक्षा थियो। बितेको सोमवार बिहान पनि उ पौड़ी खेल्नकै लागि आएको थियो, तर उ घर फर्केन। उसको परिवारले उसलाई खोज्न सकेन।मृतकको कपड़ा ब्रह्मपुत्रको किनारमा भेटिएपछि पारिवारिक पक्षबाट पुलिसलाई सूचित गरियो। पुलिसले एसडीआरएफलाई सूचित गर्यो। अन्ततः आज एसडीआरएफको टीमले छात्रको लाशलाई उद्धार गर्यो। लाशलाई पोस्टमार्टमको लागि पठाएर यस मामिलामा अग्रिम कानूनी प्रक्रिया शुरू गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement