सोनादा: मानव उत्थान सेवा समिति, मंगपु तहसील अन्तर्गत गेल शाखाको ब्रम्हबोध आश्रममा महाशिव रात्रि पर्वलाई केन्द्र गरेर आध्यात्मिक युवा संगोष्ठीसँगै एक दिवसीय सत्संग समारोह सम्पन्न भयो। कार्यक्रमको प्रथम चरणमा तहसील प्रभारी महात्मा चाँद बाईजी अनि महात्मा अलकनंद बाईजीको अध्यक्षतामा सम्पन्न उक्त सत्संग समारोहको शुआरम्भमा संत-महात्माको करकमलद्वारा मालिकको तस्वीरमा माल्यार्पण साथ दीप प्रज्वलन गरी युवाहरुलाई लिएर संगोष्ठी सम्पन्न गरिएको थियो। सन्त-महात्माको उद्बोधन बिचारसँगै कालेबुङ तहसीलका सुदर्सन छेत्रीद्वारा सत्संग विचार राख्दा वर्तमान समयमा युवाहरुलाई भौतिक विद्यासँगै अध्यात्मा ज्ञानको पनि अति नै जरुरी रहेको हुनाले सम्पूर्ण युवाहरु आध्यात्मिक बनेर गुरु दरबारमा जोड़िन पर्ने विषयमा प्रकाश पारे। यस कार्यक्रमलाई गेल शाखाबाट आयुष मंगर अनि जिंगलाम शाखाबाट यंकी तामाङद्वारा पनि आ-आफ्नो विचार राखेका थिए। कार्यक्रमको दोस्रो चरणमा सत्संग कार्यक्रम सम्पन्न भयो। आफ्नो सत्संग विचार राख्दै सुदर्सन छेत्रीले आत्मा ज्ञानको माध्यमद्वारा मात्र गुरु महाराजीलाई चिन्न सकिने बताउँदै धर्ममा आधारित आफ्नो सत्संग विचार राखेका थिए। महात्मा चाँद बाईजी अनि महात्मा अलकनंद बाईजीद्वारा आफ्नो सत्संग विचार राख्दै शिव तत्वकोविषयमा प्रकाश पारे।

कार्यक्रममा गेल, जिंगलाम, मंग्पु अनि टिस्टा भेल्ली शाखाका भजन कलाकारद्वारा सुमधुर भजन प्रस्तुत गर्दै बाल सभाद्वारा सुन्दर नृत्य पनि प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा मंग्पु तहसीलका कार्यकर्ता लगायत सम्पूर्ण प्रेमीहरुको उपस्थिति रहेको थियो। जितेन्द्र मंगर अनि खुशबू गिरीद्वारा सञ्चालन गरिएको सत्संग कार्यक्रमम एलबी राई (मंग्पु तहसील सचिव)द्वारा स्वागत सम्भाषण राखेका थिए भने ऐसेम सुब्बा (गेल शाखा सचिव )द्वारा धन्यवाद ज्ञापन गरेका थिए भनी सुरेश प्रधानले जानकारी दिएका छन्।