बंगाल: क्युटेस्ट कपल बिजेतालाई पारितोषिक

IMG-20240227-WA0228.jpg

सोनादा; रेडियो सलेसियन ९०.८ एफएम अनि च्याट बक्स क्याफे, सोनादाको संयुक्त तत्वावधानमा आयोजित क्युटेस्ट कपल कन्टेस्ट सिजन २ का बिजेता जोडीलाई सोमबार विशेष कार्यक्रमबीच पारितोषिक वितरण गरियो। च्याटबक्स क्याफे, सोनादा बजारमा आयोजित छोटो कार्यक्रम अवधि बिजेता जोडी अनित राई अनि सिनिरा राईलाई आयोजकद्वारा पारितोषिक वितरण गरिएको हो। कार्यक्रममा च्याटबक्स क्याफे तथा सोनादा टेलिकमका प्रोफाइटर सिद्धान्त राई, च्याटबक्स क्याफेका कोप्रोफाइटर ग्याल्मू तामाङ, प्रबन्धक आशना राई लगायत रेडियो सलेसियनका कार्यक्रम निर्देशक समीर छेत्री, आरजे बन्दना लोहागण, आरजे वाङ लामा आदि उपस्थित थिए।
आरजे प्रताप राईद्वारा सञ्चालित कार्यक्रममा प्रतियोगिताका बिजेता जोडी सिनिरा राई अनि अनित राईलाई रेडियो सलेसियनको पक्षबाट आकर्षक ट्रफी अनि प्रमाणपत्र प्रदान गरियो भने प्रायोजक च्याटबक्सको तर्फबाट आकर्षक गिफ्टह्याम्पर्स साथै बिजेताको रोजाइअनुसार फ्रिमिलको व्यवस्था पनि गरियो।
कार्यक्रममा च्याटबक्स साथै सोनादा टेलिकमका प्रोफाइटर सिद्धान्त राईले च्याटबक्स साथै सोनादा टेलिकमले व्यावसायबाहेक स्थानीय उद्दामी तथा उत्पादहरुलाई बजारीकरणमा सहयोग पुराएर प्रोत्साहित गरिरहेको अनि स्थानीय तौरमा रेडियो सलेसियनले समुदायलाई पुराइरहेको सेवालाई कदर गरेर यसप्रकारको प्रतियोगितामा सहयोग पुराएको बताए। यसैगरी रेडियोको पक्षबाट आरजे मोजेस तामाङले प्रतियोगिता गरिनुको मूल औचित्य लगायत च्याटबक्स सोनादाले नारी सशक्तिकरणको उदाहरण प्रस्तुत गर्नका साथै स्थानीय उद्दामी तथा उत्पादहरुलाई प्रोत्साहित गरेको कार्यलाई सराहना गरे। यसका अतिरिक्त बिजेता जोडी सिनिरा राई अनि अनित राईले प्रतियोगितामा दोस्रोचोटि बिजेता बनाउने समस्त सहयोगीहरुप्रति कृतज्ञता प्रकट गर्दै उक्त बिजय दिवांगत बडा बीआर बान्तावालाई समर्पित गरेको बताए। यसैगरी रेडियो सलेसियनकाे कार्यक्रम प्रसारण अनि प्रतियोगिता आयोजनको प्रशंसा गर्दै च्याटबक्स क्याफेले पुराएको सहयोगको सराहना गरे। उल्लेख्य, क्युटेस्ट कपल सिजन २ अनलाइन फोटो कन्टेस्टमा ९१ जना जोडी प्रतियोगीहरुले भाग लिएका थिए। जसमा १.१ के मत प्राप्त गरेर दोस्रोपटक सिनिरा राई अनि अनित राईको जोडी बिजेता बने। रेडियो सलेसियनद्वारा विगत २०२१ मा प्रथम प्रतियोगिता आयोजन गरको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement