खरसाङ: हिमालयन हर्टिकल्चर सोसाइटीको आयोजनामा आजदेखि खरसाङको गोर्खा जनपुस्तकालयमा तीन दिवसीय फूल प्रदर्शनी आरम्भ भएको छ। हिमालयन हर्टिकल्चर सोसाइटीको २१औं फूल प्रर्शदनी हो। उक्त फूल प्रदर्शनी आज २७ फरवरी अनि २८ र २९ फरवरीसम्म चल्ने साथै बआगामी १ मार्चको दिन फूल विषयमा सेमिनार पनि आयोजना गरिने भएको छ। उक्त फूल प्रदर्शनीको उद्घाटन जीटीएका सूचना एवं संस्कृति विभागको कार्यकारी सभासद अनोश थापाले रिबन काटेर गरेका छन्। कार्यक्रममा २८ नम्बर खरसाङ चिम्नी देवराली समष्टीको सभासद श्याम शेर्पा, पेमेन्द्र गुरुङ, सोसाइटीका अध्यक्ष रामप्रसाद प्रधान, सचिव पासाङ नर्बु शेर्पा, पूर्व सचिव लक्ष्मण शर्मा, वरिष्ठ सदस्य सकुल राई, लक्ष्मण राई अनि अन्यहरू उपस्थित थिए। निर्णायक मण्डलीको चयन अनुसार प्रदशनीमा राखिएका फूलहरूलाई पुरस्कार पनि प्रदान गरियो। उक्त फूल प्रदर्शनीमा विभिन्न प्रजातिको फूलहरूलाई लिएर विभिन्न वर्गमा प्रतियोगिता पनि राखिएको थियो। उक्त प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो साथै शान्तावाना पुरस्कार पनि प्रमाण पत्रसहित वितरण गरिएको जानकारी प्राप्त भएको छ।

उक्त फूल प्रदर्शनी विषयमा पत्रकारहरूसित कुराकानी गर्दै हिमालन हर्टिकल्चर सोसाईटीको सचिव पासाङ नर्बु लेप्चाले आजदेखि शुरु भएको तीन दिवसीय फूल प्रदर्शनी २७, २७ र २९ फरवरीसम्म चल्नेछ भने आगामी १ मार्चको दिन फूल खेती विषयमा सेमिनार आयोजना गरिने बताएका छन्। उनले उक्त सेमिनारमा सहभागी युवाहरूलाई अर्किडको खेती विषयमा सचेतना गराइने अनि सहभागीहरूलाई अर्किड फूल उपहारस्वरूप प्रदान गरिने पनि बताएका छन्।