मुन्शी प्रेमचन्दको १४३औं जन्म जयन्ती पालन

सिलगढी: सिलगढी कलेजमा मुन्शी प्रेमचन्दको १४३औं जयन्ती पालन गरियो। सिलगढी नगरनिगमको पहलमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो। सिलगढी नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती, डेपुटी मेयर रञ्जन सरकार, मेयर परिषद शोभा सुब्बा लगायत कलेजका प्रोफेसर तथा विद्यार्थीहरूले आज सिलगढी कलेजमा जगदीश चन्द्र बोस हलमा मुन्शी प्रेमचन्दको तस्विरमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे। सांस्कृतिक कार्यक्रम बाहेक विद्यार्थीहरूले मुन्शी प्रेमचन्दको साहित्यबारेमा आ आफ्नो वक्तव्य राखे। सिलगढी कलेजको हिन्दी विभागका प्रोफेसर अजय कुमार सावले भने, उक्त कार्यक्रमको लागि नगरनिगमले सहयोग एको छ। यस प्रकारको ससाना संगठनहरूलाई यदि सिलगढी नगरनिगमले सहयोग गरे आगामी दिनमा सांस्कृतिक एवम् साहित्यिक समुदायलाई अघि बढाउन सकिन्छ। उक्त कार्यक्रमको लागि तिनले नगरनिगमलाई अभार व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement