तीनधारेमा जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट शुरु

IMG-20240227-WA0216.jpg

उदघाटन खेलमा गैरी गाउँ तीनधारे र पैनाकुमारी बिजय

खरसाङ: आजदेखि तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा नवज्योति संघ चुनभट्टीको आयोजनामा जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट शुरु भएको छ। आजको पहिलो खेल गैरी गाउँ तीनधारे र ढाका ईलेभेन तीनधारेमाझ सम्पन्न भएको थियो। उक्त खेलमा गैरी गाउँले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको थियो। गैरी गाउँको पक्षमा साहिल प्रधानले सर्वाधिक ७८ रन बनाएको थियो। १२८ रनको लक्ष्यलाई पछाउँदै ढाका इलेभेन तीनधारेले ११ ओभर ५ बलमा सबै विकेट गुमाएर १०४ रन बनाएको थियो। ढाका ईलेभेनको पक्षमा दिपेस गजमेरले २१, विवेक प्रधानले २० रन बनाएका थिए। गैरी गाउँको पक्षमा हुपर प्रधानले ४, सुमन लोहार २, शाब्दिक प्रधानले २ र प्रयास प्रधानले १ विकेट लिएका थिए। आजको खेलमा मुख्य अतिथिको रूपमा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान र शिवखोला ग्राम पञ्चायतको प्रधान मोहनकुमार प्रधान उपस्थित रहेका थिए। त्यसरी नै पञ्चायत सदस्य पुष्पकुमारी प्रधान, दिपेन्द्र तामाङ र दावा दोर्जे पनि उपस्थित रहेका थिए। आजको दोस्रो खेल बिन्दास बोइस पैनाकुमारी र जनसेवा संघ राजबारीमाझ भएको छ। यस खेलमा टस जितेर पैनाकुमारीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर १९२ रन बनाएको थियो। जनसेवा संघको पक्षमा बलर शैलेस रामुदामुले एकै ओभरमा ह्याट्रिकसहित ४ विकेट अनि जम्मा ५ विकेट लिए पनि पैनाकुमारीले १९२ रन बनाएको थियो। पैनाकुमारीको पक्षमा अमर ठाकुरले सर्वाधिक ६९ रन बनाएका थिए। १९३ को रनको लक्ष्यलाई खेदो गर्दै जनसेवा संघ राजबारीले ब्याटिङ गर्दै १२ ओभर १ बलमा केवल ९४ रन बनाएर सबै विकेट गुमाएको थियो। राजबारीको पक्षमा प्रियास विश्वकर्मले सर्वाधिक ३९ रन बनाएका थिए भने पैनाकुमारीको पक्षमा अरूण दर्जील् ३, अमर चौधरी र अनिमेसले २-२ अनि अभिषेक र प्रतिकले १-१ विकेट लिएका थिए। यस जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट विषयमा पत्रकारहरूसित कुराकानी गर्दै रञ्जित थापाले यसपाली नवज्योति संघ चुनभट्टीको आयोजनामा तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट शुरु भएको र यसको फाईनल खेल आगामी १७ मार्चको दिन हुने बताएका छन्। उनले यसपाली जम्मा २० वटा जीटीए क्षेत्रका टिमहरूले अंश ग्रहण गरेको र यस टुर्नामेन्टमा ट्रफीसहित विजेतालाई पचास हजार र उप विजेतालाई तीस हजार प्रदान गरिने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement