टी२० इण्टरनेशनलमा केवल ३४ बलमा शतकको साथ लोफ्टी-ईटनको वर्ल्ड रेकर्ड

IMG-20240227-WA0213.jpg

कीर्तिपुर (नेपाल): क्रिकेट जगतमा हरेक दिन कुनै न कुनै रेकर्ड तोड़िएर नयाँ वर्ल्ड रेकर्ड बनिने गर्छ। टी२० इण्टरनेशनल क्रिकेटमा पनि आज यस्तै एउटा अभूतपूर्व वर्ल्ड रेकर्ड बनियो। नामीबियाका जान निकोल लोफ्टी-ईटनले टी२० आई प्रारूपमा सबैभन्दा तेज शतकको रेकर्ड तोड़े। उनले नेपालमा जारी त्रिकोणीय सीरीजको पहिलो म्याचमै वर्ल्ड रेकर्ड बनाए। लोफ्टी-ईटनले आयोजक नेपाल विरुद्ध मंगलवार केवल ३३ बलमा शतक पूरा गरे। यसरी उनलै नेपालकै कुशल मल्लको रेकर्डलाई एक बलले तोड़े। लोफ्टी-ईटनले ३६ बल खेलेर ११ वटा चौका र ८ वटा छक्काको साथ १०१ रन बनाए। यस अवधि उनले केवल ३३ बलमा शतक पूरा गरे। उनले केवल बाउण्ड्रीद्वारा ९२ रन बनाए, जुन टी२०आई-मा कुनै पनि ब्याटरले बाउण्ड्रीद्वारा हासिल गरेको सर्वाधिक रन हो। यसअघि नेपालका मल्लले हांगझोऊ एशियन गेम्समा मंगोलिया विरुद्ध ३४ बलमा शतक बनाएका थिए। त्यस म्याचमा नेपालले ३ विकेट गुमाएर ३१४ रन बनाएको थियो। त्यही म्याचमा नेपालका दिपेन्द्र सिंग ऐरीले ९ बलमा सबैभन्दा तेज टी२०आई अर्द्धशतक बनाएका थिए। उल्लेखनीय छ, भारतका कप्तान रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर, चेक रिपब्लिकका सुदेश विक्रमसेकराले पनि ३५-३५ बलमा टी२०आई शतक बनाएका थिए, जसलाई कुसल मल्लले तोड़ेका थिए।
म्याचको कुरा गर्दा कीर्तिपुरको त्रिभुवन यूनिभर्सिटी इण्टरनेशनल क्रिकेट ग्राउण्डमा टस जितेर पहिला ब्याटिंग गर्दै नामीबियाले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो। नामीबियाले ११औं ओभरसम्म त ३ विकेटमा ६२ रन मात्र बनाएको थियो तर लोफ्टी-ईटन क्रीजमा आएपछि नेपालका बलरहरूका कुटाई शुरु भयो। उनले केवल १८ बलमा अर्द्धशतक बनाए। लोफ्टी-ईटनले मालन क्रुगरसँग चौथो विकेटको निम्ति ५२ बलमा १३५ रनको पार्टनरशीप गरी टीमलाई विशाल स्कोरसम्म पुऱ्याए। ओपनर क्रुगरले ४८ बलमा अविजित ५९ रन बनाए। लोफ्टी-ईटनले ब्याटको साथ विध्वंशी शतकपछि बलिंग गर्दै पनि २ विकेट लिए। यसैकारण नेपालको टीम १८.५ ओभरमा १८६ रन बनाएर अलआउट भयो अनि नामीबिया २० रनले विजयी भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement