दिल्ली: केजरीवाललाई ईडीकाे आठौं नोटिस

Delhi-chief-minister-Arvind-Kejriwal-said-he-will-_1709024385899_1709024435146.jpg

नयाँ दिल्ली: दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई प्रवर्तन निदेशालय (ईडी) ले ८औं नोटिस पठाएको छ। केन्द्रिय जाँच एजेन्सीले केजरीवाललाई कथित दिल्ली मदिरा नीति घोटाला मामिलामा ४ मार्चमा सोधपुछको निम्ति बोलाएको छ। यसअघि ईडीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ७औं नोटिस पठाएर २७ फरवरीमा पेश हुनु भनेको थियो तर उनी पेश भएनन्। आम आदमी पार्टीले ईडीको ७औं नोटिसलाई लिएर मामिला अहिले अदालतमा लम्बित छ, जसको सुनवाई १६ मार्चमा हुनेछ, यसैले ईडीले दिनहुँ नोटिस पठाउनको साटो कोर्टको फसेलाको प्रतिक्षा गरोस् भनेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement