गान्तोक: आवास तथा शहरी मामिला मन्त्रालयले आउँदो महिना ५ र्माचमा विज्ञान भवनमा निर्धारित पहिलो पेय जल सर्वेक्षण पुरस्कारहरूको घोषणा गरेको छ। भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले उक्त कार्यक्रमको अध्यक्षता गर्नेछिन्, जहाँ शहर र राज्यहरूलाई जल क्षेत्रमा उनीहरूको उत्कृष्टताको लागि सम्मान गरिनेछ। शहर र राज्यहरूका उल्लेखनीय उपलब्धिहरूलाई प्रतिबिम्बित गर्दै १३० पुरस्कारहरूको एक विशिष्ट शृङ्खला प्रदान गरिनेछ। यी पुरस्कार प्रतिष्ठित पेय जल स्वर्ण, रजत र कांस्य सिटी पुरस्कारहरूदेखि लिएर विभिन्न श्रेणीहरूसम्म फैलिएका छन्, जहाँ स्वर्णले आफ्नो सम्बन्धित जनसङ्ख्या श्रेणीहरूमा (१ देखि १० लाख, १० देखि ४० लाख र ४० लाखभन्दा अधिक) मा शीर्ष प्रदर्शन गर्नेहरू (प्रथम)लाई जनाउँछ, रजतले दोस्रो स्थान र कांस्यले तेस्रोलाई दर्शाउँछ। पुरस्कारहरूमा सर्वश्रेष्ठ जल निकाय, स्थिरता च्याम्पियन, पुनः प्रयोग च्याम्पियन, जल गुणवत्ता, शहर संतृप्ति र प्रतिष्ठित अमरुत २.० रोटेटिङ ट्रफी अफ् द इयरको सराहना सामेल छन्। अमरुत २.० अन्तर्गत ४८५ शहरहरूमा गरिएको सावधानीपूर्वक मूल्यांकनमा विभिन्न मापदण्डहरूलाई सामेल गरिएको छ, जसमा पहुँच, कभरेज, प्रशोधन संयन्त्र र घरमा पानीको गुणवत्ता र जल निकायको स्वास्थ्यको सम्बन्धमा स्थिरता, एससीएडीए/फ्लोमिटरको उपलब्धता र उपचारित पानीको पुन: प्रयोग सामेल छन्। शहरहरूलाई स्टार रेटिङ मात्रामा पाँच स्टारदेखि नो स्टारसम्म वर्गीकृत गरिनेछ, जसले यी महत्त्वपूर्ण मानदण्डहरूमा उनीहरूको प्रदर्शनलाई समाहित गर्नेछ। यो मंच ती मानिसहरूलाई सम्मानित गर्नका लागि तयार छ, जो आफ्नो समुदायका लागि स्वच्छ तथा टिकाऊ जल संसाधन सुनिश्चित गर्नमा सफल रहेका छन्।
१,५०० भन्दा अधिक पुरस्कार विजेता र सहभागीहरूको एक सभाको आयोजना गर्नका लागि तयार गरिएको यो भव्य कार्यक्रम उत्कृष्टताको उत्सव मात्र मनाउने छैन, तर अमरुत मित्र पहलको शुभारम्भको पनि प्रतीक हुनेछ, जसमा देशभरिका विभिन्न स्थानबाट महिला स्वयं सहायता समूहहरू प्रत्यक्ष जोड़िएका छन्। ७ देखि ९ नोभेम्बर २०२३ सम्म अमरुत २.० अन्तर्गत संचालन गरिएको अन्तरदृष्टिपूर्ण पानीका लागि महिला, महिलाका लागि जल अभियानबाट जन्मिएको, अमरुत मित्रले शहरी जल क्षेत्रमा महिलाहरूलाई मुख्य योगदानकर्ताको रूपमा तोक्दै र घरको जल व्यवस्थापनमा उनीहरूको भूमिकालाई जोड दिँदै महिला स्वयं सहायता समूहहरू (एसएचजी)लाई सक्रिय रूपमा संलग्न गराउने लक्ष्य राखेको छ। मित्रहरू अमरुत २.० परियोजनाहरू कार्यान्वयन गर्नमा संलग्न हुनेछन्, बिलिङ, संकलन, चुहावट पत्ता लगाउने, प्लम्बिङ कार्य, पानीको गुणवत्ता नमूना र पूर्वाधारको मरम्मतसम्भार जस्ता गतिविधिहरूमा केन्द्रित हुनेछन्। अमरुत मित्रको मुख्य लक्ष्य भनेको महिलाहरूमा स्वामित्वको भावना जगाउनु, परम्परागत रूपमा पुरुषप्रधान क्षेत्रहरूमा समावेशिता र विविधता प्रवर्द्धन गर्दै घरपरिवारका लागि सुरक्षित पिउने पानीमा पहुँच सुनिश्चित गर्नु र लैङ्गिक असमानतालाई सम्बोधन गर्नु हो। प्रत्याशित परिणामहरूमा महिला एसएचजीको सामाजिक-आर्थिक स्थितिको उत्थान, अमरुत २.० का उद्देश्यहरूसँग नजिकबाट पङ्क्तिबद्ध, बढेको जागरूकता, सकारात्मक सामुदायिक प्रभाव र भविष्यका पहलहरूको लागि नमूना सामेल छन्।
पेय जल सर्वेक्षणले स्रोत र नागरिक-अन्तमा स्वतन्त्र एनएबीएल प्रयोगशाला परीक्षणको माध्यमद्वारा स्वच्छ जल सुनिश्चित गर्यो। जीआईएस-सक्षम वेब पोर्टल, जियो-ट्यागिङ र पूर्वाधार मेपिङ प्रयोग गरेर सर्वेक्षणले सही तथा पारदर्शी तथ्य संकलन गर्यो। एक हजारभन्दा अधिक सुविधामा पाँच लाख घरपरिवार प्रतिक्रिया र मूल्याङ्कनसहित यसले २४ हजार भन्दा अधिक जल नमुनाहरू परीक्षणसहित एक व्यापक मूल्यांकनलाई प्राथमिकता दिएको छ। जेय जल सर्वेक्षण परिणामले यूएलबी निर्णय लिने, सेवा प्रवाह बढाउन र पानी संरक्षण र इष्टतम प्रयोगबारे स्वामित्व र ज्ञान प्रसारको भावना जगाउने, नागरिक संलग्नता बढाउने अपेक्षा गरिएको छ।