बंगाल: ट्यांकरको चपेटमा परेर एक व्यक्तिको मृत्यु

Accident-Rep-Image

इस्लामपुर: उत्तर दिनाजपुरकाे इस्लामपुर बाईपास संलग्न अलिगंज क्षेत्रको राष्ट्रिय राजमार्गमा आज तेल ट्यांकरको चपेटमा परेर एकजना व्यक्तिको मृत्यु भएको छ। मृतकको नाम हरेन किस्कु (३५) हो जो इस्लामपुरको अलिगंज डांगी क्षेत्रका बासिन्दा थिए।

सूत्र अनुसार उक्त व्यक्ति साइकल मार्फत अलिगंजदेखि गुजरिया गइरहेका थिए। त्यैबेला पछिबाट आइरहेको तेलको ट्यांकरले उसलाई ठक्कर दियो जसले गर्दा उक्त व्यक्ति सड़कमा लड़ेर घाइते भए। स्थानीय मानिसहरूले आरोप लगाए, घटना घटेको केही समयपछि पुलिस घटनास्थलमा पुग्यो, तर पुलिसले पनि एम्बुलेन्सको प्रतीक्षा गरेको कारणले उपचारमा ढिल्याई भएर उक्त व्यक्तिको मृत्यु भयो।

घटनापछि आक्रोशित भीड़ले लगभग आधा घण्टासम्म राष्ट्रिय राजमार्गलाई जाम गरी पुलिसको लापरवाहीविरूद्ध प्रदर्शन गरे। प्रदर्शनको कारणले राष्ट्रिय राजमार्गमा यातायात ठप्प भयो। सूचना पाएर इस्लामपुर थानाका आईसी सहित पुलिसका अन्य पदाधिकारीहरू घटनास्थलमा पुगे अनि स्थितिलाई सामान्य बनाए। पुलिस घटनाको जाँचमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement