काेलकत्ता: ईष्ट बेंगल फूटबल क्लबले सोमवार यहाँको सल्ट लेक स्टेडियममा चलिरहेको इण्डियन सुपर लीग (आईएसएल)-मा चेन्नईयन फूटबल क्लबलाई १-०-ले पराजित गरी जीतको लय हासिल गऱ्यो। कार्ल्स कुआड्राटको प्रशिक्षणमा रहने टीमको निम्ति यस जीतले पोइण्ट्स टेबलमा निक्कै हेरफेर भयो अनि रेड एण्ड गोल्ड ब्रिगेड शीर्ष ६-मा स्थान बनाउने होड़मा सामेल भयो। आयोजक टीमले बेंगलुरु फूटबल क्लबलाई पछि छोड़ेर १६ वटा म्याचमा १८ पोइण्ट्सको साथ आठौं स्थान हासिल गऱ्यो।