बंगाल: राष्ट्रिय राजमार्गमा पिकअप भ्यान र टोटो ठोक्किँदा २ जना घाइते

Accident-Rep-Image

खोरीबारी: राष्ट्रिय राजमार्गमा पिकअप भ्यान र टोटो आपस्तमा ठोक्किँदा २ जना घाइते भएका छन्। उक्त घटना खोरीबारीको पानीट्याङ्की संलग्न धाकरू मोड इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार आज दिउँसो एउटा टोटो यात्री सवार गरेर बतासीतर्फ गइरहेको बेला एउटा पिकअप भ्यानले टोटोलाई ओभरटेक गर्ने क्रममा सोझै टोटोलाई धक्का दियाे। यसले टोटो क्षतिग्रस्त बनेको छ। घटनापछि स्थानीय मानिसहरूले घाइते टोटो चालक र एकजना महिलालाई उद्धार गरेर बतासी अस्पतालमा लगेको बताइएको छ। घटनाको खबर पाएर पानीट्याङ्की आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *