बंगाल: एनजेपी इलाकाबाट हराएको दालले भरिएको ट्रक हावडाबाट उद्धार

f38905a1-3924-4f5f-b06e-eb56da4b3240-1024x576.jpg

सिलगढी: एनजेपी इलाकाबाट दालले भरिएको एउटा ट्रक हराएको थियो। जाँचमा जुटेका एनजेपी थाना पुलिसले दाल सहित उक्त ट्रक उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार दाल बोकेको उक्त ट्रक असमबाट उत्तरप्रदेशको हाथरसतर्फ गइरहेको थियो। लगभग २० लाख रुपियाँ मूल्यको दाल सहित ट्रक एनजेपी इलाकाबाट हराएको थियो। घटनापछि व्यवसायीले एनजेपी थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले ट्रक मालिकलाई पक्राउ गरेपछि सोधखोज गर्दा ट्रक मालिक र बदमाशहरूको टोलीले उक्त दालले भरिएको ट्रक चोरी गरेको कुरा थाहा पाए। गोप्य सूचनाको आधारमा पुलिसले उक्त ट्रक हावडा पुगेर त्यहाँ एउटा खाली घरमा दाल राखेको थाहा पाएपछि पुलिसले उक्त दाल उद्धार गरेको छ। चोरी भएको २० लाख रुपियाँको दाल फिर्ता पाउँदा व्यवसायी खुशी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement