कोलकाता: पश्चिमबंगालका राज्यपाल डा. सी भी आनन्द बोसले मंगलबार राज्यको टीएमसीमाथि दबाव दिँदै भने कि यदि यौन उत्पीडन र जमीन कब्जा आरोपका मुख्य आरोपी शेख शाहजहाँलाई ७२ घण्टा भित्र पक्राउ नगरे सन्देशमा आफ्नो अपना आधार स्थान स्थानान्तर गर्नेछन्। ‘मैले राज्य सरकारलाई लेखेको छु अनि मुख्य आरोपीलाई पक्राउको लागि ७२ घण्टाको समय सीमा दिएको छु। यदि पक्राउ नभए म आफ्नो ठेगाना सन्देशखाली स्थानान्तर गर्नेछु’, राज्यपालले राष्ट्रिय संचारमाध्यम एनडीटीभीलाई बताएका छन्। राज्यपालले स्थानीय शाहजहाँमाथि यौन उत्पीडनको आरोप लगाउने सन्देशखालीका महिलाहरूको पुनर्स्थापनाका लागि राज्यलाई कार्ययोजना तयार गर्न पनि आग्रह गरेका छन्। राज्यपालले पनि गत हप्ता एनडीटीभीसँग कुरा गरेका थिए र भनेका थिए कि धेरै महिलाले उनलाई भेटेका थिए, र उनीहरूले सामना गरेको उत्पीडनको बारेमा बताएक थिए।