डुवर्स नेपाली साहित्य विकास समितिको कार्यकारिणी समितिको महत्वपूर्ण सभा

वीरपाडा: वीरपाडा कलेजपाडा स्थित चन्द्रबीर प्रधान ग्रामीण जन पुस्तकालयमा डुवर्स नेपाली साहित्य विकास समितिको कार्यकारिणी समितिको महत्वपूर्ण सभा बसियो। सभामा आगामी २० अगस्तमा प्रति वर्ष पालन गरिने नेपाली भाषा मान्यता दिवस, डुवर्स नेपाली साहित्य विकास समितिको मुखपत्र अवलोकनको प्रकाशन, डुवर्सको वरिष्ठ कथाकार श्रीनारायण प्रधानको कथासङ्ग्रह ‘नि:शब्द’को प्रकाशन, स्वतन्त्र सेनानी कप्तान राम सिंह ठकुरीको सालिक अनावरण विषयमा चर्चा, विगतमा गोर्खाहरूलाई विदेशीको लाञ्छना लगाएको विषयमा पनि निन्दा प्रस्ताव ग्रहण गरि चर्चा परिचर्चा भयो।

आजको सभामा उक्त संस्थाको सदस्यता वृद्धि गर्ने उद्देश्यले धेरै जना सदस्यहरूले सदस्यता ग्रहण गरेका छन्। कार्यक्रममा दुम्सीपाडा बड़ालाइन नेपाली प्राथमिक विद्यालयले जिल्ला स्तरीय स्वच्छ विद्यालय पुरस्कार प्राप्त गरेको खण्डमा उक्त विद्यालयको भारप्राप्त शिक्षक बुद्धिमान लामालाई समितिको शीर्ष पदाधिकारी लगायत सभामा उपस्थित सदस्यहरूले खदा पहिराइ सम्मान दिएका छन्। सभामा गोर्खा समुदायको हितमा अन्य विभिन्न विषयमा पनि गहन छलफल तथा प्रस्तावहरू पारित गऱ्यो।

आजको सभामा डुवर्स नेपाली साहित्य विकास समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, कार्यकारी अध्यक्ष अबीर खालिङ, मुलसचिव रविन खवास, सचिव बुद्धिमान लामा तामाङ, चन्दन भट्टराई, कोषाध्यक्ष राजेश प्रधान, उपाध्यक्ष रूपेश शर्मा लगायत कार्यकारिणी सदस्यहरूमा अनन्त श्रेष्ठ, कुमार छेत्री, रतन मगर, अजय खड्का, प्रदीप लामा, नामगेल लामा, पुजन राई, हर्कु तामाङ, शनि तामाङ, अमिर सुब्बा, शिवराज थापा आदि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement