बंगाल: चितुवाको हमलामा एक व्यक्ति घाइते

1000579021.jpg

अलिपुरद्वार: चितुवाको हमलामा एकजना व्यक्ति घाइते भएका घटना अलिपुरद्वार जिल्लाको जटेश्वर १ नम्बर अञ्चलको दलगाउँ बस्ती कार्जीपाडा इलाकामा घटेको हो। घाइते व्यक्तिको नाम गोडाचाँद कार्जी बताइएको छ। प्राप्त जानकारी अनुसार गोडाचाँद कार्जी आज बिहान घर नजिक नदी किनारमा गाई-गोरू चराउन गएको समय अचानक बाँसको झ्याङ्गबाट एउटा चितुवा निस्केर तिनीमाथि हमला गर्दा तिनी चिच्याउन थाले। तिनको चिच्याएको आवाज सुनेर स्थानीय मानिसहरू घटनास्थलमा पुगेपछि उक्त चितुवा त्यहाँबाट भागेको बताइएको छ। घाइते व्यक्तिलाई उद्धार गरेर वीरपाडा अस्पतालमा लगेपछि हाल तिनी उपचाराधीन अवस्थामा छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement