राँची: भारतीय क्रिकेट टीमका ब्याटर शुभमन गिलले बताएअनुसार, ईंग्ल्याण्ड विरुद्ध सोमवार सम्पन्न भएको चौथो टेस्ट म्याचको अवधि धेरैपल्ट बल तल रहिरहेको अनि केही बल घुमिरहेको भए पनि उनी एलबीडब्ल्यू भएर आफ्नो विकेट नगुमाउन प्रतिबद्ध थिए। गिलले भारतको दोस्रो ईनिंग्समा अविजित ५२ रन बनाउनको साथै विकेटकीपर-ब्याटर ध्रुव जुरेलसँग छैटौं विकेटको निम्ति ७२ रनको अटूट पार्टनरशीप गरी भारतलाई ५ विकेटले जीत दिलाए। म्याच जितेपछि गिलले भने, मैले अफ् स्पिन विरुद्ध अलग रणनीति बनाएको थिएँ। मेरो रणनीति जसरी भए पनि एलबीडब्ल्यू आउट नहुने थियो। अफ् स्पिन विरुद्ध म जहिले पनि अघि बढ़ेर खेल्छु अनि यस म्याचमा मैले त्यही रणनीतिलाई लागू गरे। मैले धैर्य गुमाइनँ अनि अफ् स्पिनरहरूलाई कुनै संकोच बिना खेले।
गिलले बताएअनुसार, राँचीको विकेटमा कुनै खराबी थिएन अनि पीच विकेटको निम्ति राम्रो थियो। उनले भने, मेरो विचारमा यस्तो विकेटमा खेल्नु पर्दा तपाईंले चर्किएको हिस्सालाई भुल्नु पर्छ। पीचमा जहाँ फाटो आएको हुन्छ, त्यहाँ बल झरे अवश्यै घुम्छ अनि त्यस क्षेत्रमा केही गर्न सकिँदैन तर बल अन्य स्थानमा झरे सजिलै रन पनि बनाउन सकिन्छ। गिलले जुरेल र कुलदीप यादवलाई पनि श्रेय दिए, जसले पहिलो ईनिंग्समा असाधारण ब्याटिंग गर्दै ७६ रनको पार्टनरशीप गरे। उनले भने, दोस्रो दिनको खेल समाप्त हुँदासम्म ध्रुव ३० र कुलदीप १७ रन बनाएर खेलिरहेका थिए। हामीले ईंग्ल्याण्डको बढ़तलाई ८०-देखि १०० रनबीच राख्ने चर्चा गरेका थियौं तर यी दुईजनाले असल ब्याटिंग गरे अनि ईंग्ल्याण्डलाई केवल ४६ रनको बढ़त हासिल भयो, जुन हामीले सोचेको भन्दा धेरै कम्ती थियो।