सफल सर्जरीपछि चाँड़ै खेलमा फर्किन चाहन्छन् शमी

IMG-20240227-WA0117.jpg

लण्डन: भारतीय क्रिकेट टीमका दिग्गज पेस बलर मोहम्मद शमीको खुट्टाको ईंग्ल्याण्डमा सफल सर्जरी भयो। उनले सोशल मीडियामा एउटा फोटो शेयर गरी यसबारे जानकारी दिएका छन्। शमीले ईंग्ल्याण्ड गएर सोमवार खुट्टाको एड़ीको सर्जरी गराएका थिए। यस समस्याले उनलाई गत वर्ष आईसीसी वर्ल्ड कपदेखि नै सताइरहेको थियो। गत नोभेम्बर महिनादेखि प्रतिस्पर्धी क्रिकेटबाट टाढ़ा रहने शमीले चाँड़ै खेलमा फर्किने आशा व्यक्त गरेका छन्। सोशल मीडियामा फोटो शेयर गरेर शमीले लेखेका छन्, आफ्नो खुट्टामा उभिने प्रतीक्षा गरिरहेको छु। शमीले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय म्याचको रूपमा गत वर्ष अष्ट्रेलिया विरुद्ध वर्ल्ड कप फाइनल खेलका थिए। त्यसपछि उनी चोटले गर्दा टीमबाट बाहिर रहेका छन्। यस अवधि उनी दक्षिण अफ्रिका यात्रा, अफगानिस्तान विरुद्ध घरेलु टी२० सीरीज र ईंग्ल्याण्ड विरुद्ध जारी पाँचवटा टेस्ट म्याचको सीरीजमा हिस्सा लिनदेखि चुके। उनी इण्डियन प्रीमियर लीग (आईपीएल)-को आउँदो सीजनबाट पनि बाहिर रहने पुष्टि भइसकेको छ। उनले जून महिना हुने आईसीसी टी२० वर्ल्ड कपमा खेल्ने पनि तय छैन। चोटबाट मुक्त भएर म्याच फिटनेस हासिल गर्ने शमीलाई केही समय अवश्यै लाग्नेछ। आईपीएलमा गत वर्ष गुजरात टाइटन्सबाट खेल्दै शमीले सर्वाधिक २८ विकेट लिएर पर्पल क्याप जितेका थिए। त्यसपछि उनले आईसीसी वनडे वर्ल्ड कपमा पनि प्रभावशाली प्रदर्शन गरेका थिए। अलराउण्डर हार्दिक पाण्ड्या चोटले गर्दा बाहिर भएपछि मात्र टीममा मौका पाउने शमीले वर्ल्ड कपमा केवल ७ वटा म्याचमा २४ विकेट लिएर इतिहास रचेका थिए। सर्जरी गराउन अघि शमीले बेंगलुरु स्थित नेशनल क्रिकेट एकाडमी (एनसीए)-को परामर्श लिएर लण्डनका विशेषज्ञहरूसँग कुराकानी गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement