न्यूजील्याण्डका पेस बलर नील वेगनरले लिए सन्न्यास

IMG-20240227-WA0111.jpg

नयाँ दिल्ली: न्यूजील्याण्ड क्रिकेट टीमका ३७ वर्षीय पेस बलर नील वेगनरले अचानक खेलबाट सन्न्यासको घोषणा गरे। प्रशिक्षक ग्यारी स्टीडसँग बातचीतपछि वेगनरले यस्तो भावुक फसेला लिए। अष्ट्रेलिया विरुद्ध दुईवटा टेस्ट म्याचको सीरीज शुरु हुन ४८ घण्टाअघि उनको यस्तो फसेलाले प्रशंसकहरूलाई स्तब्ध बनायो। वेलिंगटनको बेसिन रिजर्वमा भएको प्रेस कन्फ्रेन्समा वेगनरले आफ्नो फसेलाबारे विश्वलाई बताए। दक्षिण अफ्रिकाबाट आएपछि न्यूजील्याण्डको निम्ति ६४ वटा टेस्ट म्याच खेल्ने वेगनरको नाममा २७.५७-को औसतले २६० विकेट लिने प्रभावशाली रेकर्ड रहेको छ। सयभन्दा अधिक विकेट लिने न्यूजील्याण्डका बलरहरूमा सर रिचर्ड हेडलीपछि उनको स्ट्राईक रेट (५२.७) सबैभन्दा असल रहेको छ। आफ्नो सन्न्यासको घोषणा गर्दै वेगनरले टेस्ट क्रिकेटमा आफ्नो केही यादगार क्षणहरूलाई पनि सम्झिए, जसमा २०१४-मा भारतमा पहिलो टेस्ट जीत, २०१४-मा वेष्ट इण्डिजमा न्यूजील्याण्डको सीरीज जीत, २०१८-मा ईंग्ल्याण्ड विरुद्ध सीरीज जीत, भारत विरुद्ध वर्ल्ड टेस्ट च्याम्पियनशीपको फाइनलमा जीत र गत वर्ष ईंग्ल्याण्ड विरुद्ध एक रनको जीत सामेल छ।
वेगनरले आफ्नो पूरा करियरको अवधि उनलाई साथ र समर्थन दिने आफ्नो परिवार, साथीहरू, प्रशिक्षक र टीमका साथी खेलाड़ीहरू प्रति कृतज्ञता व्यक्त गरे। उनले न्यूजील्याण्डको निम्ति जुन ६४ वटा टेस्ट म्याचमा हिस्सा लिए, त्यसमा टीमले ३२ वटा जितेको थियो अनि यस अवधि उनले २२-को औसतले १४३ विकेट हासिल गरे। देब्रे हातका पेस बलर वेगनरको जन्म दक्षिण अफ्रिकामा भएको थियो। उनी २००८-मा ओटागोको निम्ति घरेलु क्रिकेट खेल्न डुनेडिन गएका थिए। त्यसपछि उनले २०१२-मा न्यूजील्याण्डको निम्ति पदार्पण गरेका थिए। न्यूजील्याण्ड र अष्ट्रेलियाबीच पहिलो टेस्ट म्याच २९ फरवरीदेखि वेलिंगटनमा शुरु हुनेछ। त्यसपछि दोस्रो टेस्ट ८ मार्चदेखि क्राइस्टचर्चमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement