निषेधित क्षेत्र तोड्दै संसद् छिर्ने  ४ दर्जन बढी पक्राउ

Web-Post-1-3

काठमाडौं: पूर्व झापादेखि पश्चिम कंचनपुरबाट आन्दोलनका लागि काठमाडौं आएका लघुवित्त पीडितहरू प्रहरीको निषेधित क्षेत्र तोड्दै सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका छन्। न्यायका सडक प्रदर्शन गरिरहेका लघुवित्त पीडितहरु संसद् भवन प्रवेश गरेपछि प्रहरीले चार दर्जनबढीलाई नियन्त्रणमा लिएको छ। सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ। तर, लघुवित्त ऋणीहरूले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरू पक्राउ परेका छन्। संसद् भवन प्रवेश गर्ने ४८ महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं पुलिसका एसपी नवराज अधिकारीले जानकारी दिए। पक्राउ परेकाहरूलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ। उक्त घटनाबारे छानबिन गर्न समिति समेत गठन गरिएको छ। उपत्यका पुलिस कार्यालय रानीपोखरीले कार्यालयका एसएसपी दिनेश मैनाली नेतृत्वको समिति बनाइएको छ। समितिमा काठमाडौं पुलिसका एसपी नवराज अधिकारी र उपत्यका पुलिस कार्यालयकै डीएसपी दिनेश घिमिरे सदस्य रहेका छन्। यसरी संसदभवभित्रै लघुवित्त पीडितहरु प्रवेश गरेपछि एकचोटि फेरि प्रहरीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement