डब्ल्यूटीसी तालिकामा भारतलाई फाइदा

IMG-20240226-WA0192.jpg

दुबई: बेन स्टोक्सको अगुवाईमा रहने ईंग्ल्याण्ड विरुद्ध ५ विकेटले जीतको साथ भारतले विश्व टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) तालिकामा आफ्नो दोस्रो स्थानलाई मजबूत बनायो। रोहित शर्माको कप्तानीमा रहने आयोजक टीमले पाँचवटा टेस्ट म्याचको सीरीजमा ३- १-को अजेय बढ़त हासिल गरिसकेको छ। चौथो टेस्टमा जीतपछि भारतको पोइण्ट्स प्रतिशत ५९.५२-बाट बढ़ेर ६४.५८ भएको छ। भारतले क्रमशः तेस्रो र चौथो स्थानमा रहने अष्ट्रेलिया (५५ प्रतिशत) र बंग्लादेश (५० प्रतिशत) – माथि बढ़तलाई मजबूत बनाएको छ। ईंग्ल्याण्ड १९.४४ प्रतिशत पोइण्ट्सको साथ आठौं स्थानमा रहेको छ। यसरी अहिलेसम्म खाता नखोल्ने श्रीलंका नवौं स्थानमा रहेको छ। भारतले जारी डब्ल्यूटीसी चक्रमा अहिलेसम्म ८ वटा टेस्ट म्याच खेलेको छ, जसमा उनीहरूले ५ वटा जितेर २ वटा हारेको छ। एउटा टेस्ट म्याच ड्र रहेको छ। भारतको विपरीत ईंग्ल्याण्डले अहिलेसम्म ९ वटा म्याच खेलेरे केवल ३ वटा जितेको छ अनि ५ वटा टेस्टमा हारको सामना गर्नु परेको छ। एउटा टेस्ट म्याच ड्र रहेको छ। न्यूजील्याण्ड ७५ प्रतिशत पोइण्ट्सको साथ शीर्षमा रहेको छ। न्यूजील्याण्डले अहिलेसम्म केवल चारवटा टेस्ट म्याच खेलेको छ। डब्ल्यूटीसी पोइण्ट्स तालिकामा टेस्ट म्याच जिते १२ पोइण्ट्स, टाईमा ६ र ड्र-को निम्ति ४ पोइण्ट्स दिइन्छ। पोइण्ट्सको प्रतिशत अनुसार टीमहरूलाई तालिकामा स्थान दिइन्छ। शीर्ष दुईवटा टीमले २०२५- मा लर्ड्समा खेलिने फाइनलमा हिस्सा लिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement