गान्तोक: सिटीजन एक्सन पार्टी सिक्किमले गत १५ फरवरी २०२४-को दिन गान्तोकको आम्दो गोलाईदेखि सिच्छे जिल्ला प्रशासनिक कार्यालयसम्म शान्ति ऱ्याली निकालेर सिक्किम उर्जालाई गलत तरिकाले सरकारले ग्रिनको कम्पनीलाई बिनिवेश गरेको सन्दर्भमा दस दिनको अल्टिमेटम् दिँदै धरना गरेको थियो। हिजो एघार दिन बितिसक्दासमेत सरकारले जनताको सरोकारको विषयलाई ठाडो कान नलगाएपछि आज बाह्रौं दिन पार्टीले विद्युत बिभागको सचीवलाई भेट गर्दै स्मरण पत्र पेश गऱ्यो। सरकारको दबाबमा आएका सचीवले सिटिजन एक्सन पार्टीका नेतृत्वदायी टोलीसित सकारात्मक पहल गर्न नसको आरोप छ। पार्टीले शान्तिपूर्वक विद्युत बिभागको कार्यालय अघि आफ्नो मागलाई तेज गराउँदा समेत सरकार कानमा तेल हालेर सत्ताको मोजमस्तीमा निदाई ररेको भनाइ छ। झुन्डमा भेला भएका पार्टीका समर्थकहरु जनताको मागलाई आफ्नो छातीमा प्लेकार्डको रूपमा झुन्डाउँदै विद्युत बिभागदेखि एमजी मार्ग पसेको थियो। शान्तिपुर्वक पैदलयात्रा गर्दै पार्टी अध्यक्ष भरत बस्नेतको अध्यक्षतामा राष्ट्रपिता महात्मा गान्धीको प्रतिमामा खादा लाएर उपरोक्त मुद्दा पार्टीले जनताको हक र हितमा सदा अघि बढाउने प्रण लिंदै अहिलेको घडीमा चल्दै गरेको अनशनलाई आज विश्राम गऱ्यो। सिक्किम उर्जा लिमिटेडलाई सरकारले गैर कानुनी तवरमा ग्रिनको इनर्जी प्राइभेट लिमिटेडलाई बिनिवेस गर्न गुप्तीरूपमा जनतालाई कुनै सूचना नगरी, सिक्किम विधानसभामा बहस नगरी, सरकारको गैर जिम्मेवारी योजनाले, प्रजातन्त्रलाई अमान्य तथा संवैधानिक प्रक्रियालाई अन्देखा गर्नु राज्यको निम्ति दुर्भाग्य औ निन्दनीय विषय थियो भनी ठहर गरेको छ। यस्तो निच कार्यलाई सिटिजन एक्सन पार्टी सिक्किम घोर आपत्ति ठान्दै भत्सर्ना जनाएको छ।