बंगाल: राज्य सरकारले मनरेगा श्रमिकहरूको बाँकी ज्यालाको लागि रुपियाँ वितरण गर्ने

image-copy-1

कोलकाता: बंगाल सरकारले सोमबारबाट शुरु हुने राज्यको सय दिने योजनाअन्तर्गत बकाया ज्याला तिर्नको लागि २,६५० करोड रुपियाँ वितरण गर्ने प्रक्रिया शुक्रबारसम्म पूरा हुने समाचार छ। संचारमाध्यमको समाचारअनुसार,  गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए)लाई बकाया वेतन वितरणको लागि १२९.४३ करोड रुपियाँ स्वीकृत गरिएको छ। जीटीएले कालेबुङ जिल्ला र दार्जीलिङ जिल्लाको पहाडी महकुमा खरसाङ र मिरिकहरू समेट्छ। पंचायत र ग्रामीण विकास विभागले २१ जिल्लाका जिल्ला मजिस्ट्रेटहरू र जीटीएका प्रमुख सचिवलाई तुरुन्तै वितरण प्रक्रिया शुरु गर्न स्वीकृति आदेश जारी गरेको संचारमाध्यमको समाचारमा उल्लेख छ। दुई हजार छह सय पचास करोड ६० लाख १८ हजार उन्नतीस रुपियाँ मात्र जारी गर्न स्वीकृति दिइएको महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी आयुक्तद्वारा जारी आदेशमा भनिएको समाचारमा उल्लेखित छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement