बंगाल: घैयाबारी ग्राम पञ्चायत दुईमा मिशन जागरण कार्यक्रम र धरणा

IMG-20240226-WA0183.jpg

खरसाङ: तीनधारे महानदी समष्टी अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुईमा भागोप्रमोको मिशन जागरण कार्यक्रम अन्तर्गत धरणा प्रदर्शन गरिएको छ। केही दिन अघि सम्पन्न उक्त धरणा प्रदर्शनमा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री, भागोप्रमो खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधान, महकुमा सचिव प्रणाम रसाईली, तीनधारे महानदी समष्टीको सभापति राजीव थापा लगायत अन्यहरू उपस्थित रहेका थिए। उक्त धरणा प्रदर्शनलाई सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्य पुष्पकुमारी प्रधान, युवराज थापा, सीबी भुजेल आदि वक्तव्य राखेका थिए। सभालाई घैयाबारी ग्राम पञ्चायतको उप प्रधान रञ्जित थापाले सञ्चालन गरेका थिए। वक्ताहरूले भाजपा सरकारले निरन्तर रूपमा ढाटको राजनीति गरेको र गोर्खाहरूलाई केही नदिएको बताउँदै यसपालीको चुनावमा जवाब दिने बताएका छन्। वक्ताहरूले भाजपाले १५ वर्षसम्म सांसद पाएर पनि गोर्खाहरूको लागि केही गरेन अनि गोर्खाहरूको लागि गरेको कुनै पनि वाचा पूरा नगरेकोले जनताले यसपाली जवाब दिने आह्वान् गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement