सिक्किम: मुख्यमन्त्रीले गरे सिङलिङमा अग्निशमन भवनको उद्घाटन

n5866145661708957147042280de0858621c0b6096a82b825a1404cbb46fc9b049e4a2f6f2b0c5edfeff34c.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सोरेङ जिल्लास्थित सिङलिङमा नवनिर्मित अग्निशमन भवनको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा लोकसभा सांसद इन्द्रहाङ सुब्बा, विधायक अदित्य गोले, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।कूल ५५३.९५ रूपियाँको लागतमा निर्माण गरिएको अग्निशमन भवन साढे पाँचतले रहेको छ भने यस भवनमा त्यहाँ कार्यरत अधिकारीहरूको निम्ति कोठा, फर्निचर लगायत आवश्यक सबै कुराको प्रवन्ध गरिएको छ। विशेष गरेर आगालागी हुँदा अग्निशमन वाहन टाडाबाट आउनु पर्ने अवस्थालाई ध्यानमा राख्दै स्थानीयवासीको सुविधालाई हेरर यस भवनको उद्घाटन गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement