बंगाल: ३ मार्चमा पल्स पोलियो टिकारण

IMG-20240226-WA0182.jpg

खरसाङ: खरसाङ खण्ड स्वास्थ्या अधिकारी (बीएसओएच) डा चित्रलेखा सरकारले एक भिडियो जारी गरेर नानीहरूलाई पल्स पोलियोको टिकारण खुवाउने निवेदन गरेका छन्। डा. चित्रलेखा सरकारले एक भिडियो जारी गरेर आगामी ३ मार्चको दिन आफ्नो आफ्नो क्षेत्रमा पाँच वर्षसम्मका नानीहरूलाई पल्स पोलियोको टिकारण खुवाउने निवेदन गरेका छन्। उनले जन्मदेखि ५ वर्षसम्मका नानीहरूलाई पोलियो बुथमा ल्याएर आईदिने अनुरोध गर्दै मेडिकल टिमले पोलियो खुवाउने बताइन्। उनले ३ मार्चको दिन पोलियो नखानेहरूलाई ४ र ५ मार्चको दिन मेडिकल टिम घर घर पुगेर पोलियो खुवाउने जानकारी गराएकी छन्। उनले यसको अतिरिक्त गाडी स्ट्याण्डतिर पनि गाड़ी रोकेर पोलियो खुवाउने बताएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement