कोलकाता: सन्देशखाली घटनाबारे पश्चिम बंगालका राज्यपाल डा. सी भी आनन्द बोसले सोमबार भने, ‘राज्यपालको काम भनेको निर्वाचित सरकारले कानूनको शासनमा कहिले काम गर्छ भनेर हेर्नु हो। यदि त्यसो नगरेमा राज्यपालले हस्तक्षेप गर्नेछl’ ‘जस्तो हामीलाई समाचारपत्रहरूको समाचारहरूबाट थाहा हुन्छ, पुलिस त्यहाँ गएको , थियो, मन्त्री त्यहाँ गएको थियो, याचिकाहरू प्राप्त भएको थियो। समाचारपत्रहरूबाट मलाई थाहा भयो आठ सय भन्दा बढी याचिकाहरू प्राप्त भएको छ। प्रक्रिया शुरू भएको छ, महिलाहरू अघि आएका छन्l राज्यपालको काम यो हेर्नु हो निर्वाचित सरकारले कानूनअन्तर्गत कारबाही कहिले गर्छ। यदि यस्तो गरिएन भने, राज्यपालले हस्तक्षेप गर्नेछ’, उनले भनेl शाहजहाँ शेखलाई लिएर कोलकाता उच्च अदालतका मुख्य न्यायाधीशको निर्णयलाई महत्त्वपूर्ण बताउँदै राज्यपालले शाहजहाँ शे लाई पक्राउ नगर्ने कुनै बहाना छैन र उनलाई पक्राउ गरिने बताए।