बंगाल: सोनादा पचेङ समष्टीको थापा धुरामा रोड निर्माणको लागि शिलान्यास

IMG-20240226-WA0179.jpg

सोनादा: सोनादा पचेङ समष्टीको थापा धुरामा रोड निर्माणको लागि शिलान्यास गरिएको छ। थापा धुरामा निर्माण हुने भनिएको उक्त रोड आरआईडीएफबाट ४ करोड ६४ लाखको लागतमा हुने भएको छ। उक्त रोडको शिलान्यास सोनादा पचेङ समष्टीको सभासद अनोश थापाको बाहुलीबाट गरिएको छ।यो बाटो ओक्स खेल मैदानको छेउ भएर ताम्सिग र थापा धुरा हुँदै मुण्डा पुग्नेछ। थापा धुराको जनताले वर्षौदेखि आशा गरेर राखेको रोडको सपना आज आएर साकार रूपमा परिवर्तन भएको कारणले समस्त थापा धुरावासी हर्षित बनेको जानकारी प्राप्त भएको छ। उक्त शिलान्यास कार्यमा भागोप्रमो सोनादा पचेङ समष्टीको सचिव सुखदेव राई, पञ्चायत समिति सहकारी समिति मनकुस राई लगायत अन्यहरू उपस्थित रहेका थिए।

उक्त रोडको शिलान्यास कार्यपछि पत्रकारहरूसित कुराकानी गर्दै क्षेत्रीय सभासद अनोश थापाले थापा धुरा क्षेत्रका जनताले लामो समयदेखि मांग गर्दै आएको रोड अब बनिएको र यो रोडको निर्माणमा ढिलाई भएको कारण धेरै राशिको भएकोले अलिकति ढिलो भएको हो तर अब यो रोड निर्माण हुन्छ नै भनी बताएका छन्। उनले यो रोडको शिलान्यास मात्रै होइन तर रोडको निर्माण पनि पक्कै हुनेछ भन्दै यो रोडको निर्माण कार्यलाई स्थानीयहरूले निरीक्षण गर्नु पर्ने र यदि निर्माण कार्य राम्रो नभएको खण्डमा रिपोर्ट गर्ने पनि बताएका छन्। थापाले यो रोडको लागि समष्टी सचिव सुखदेव राईको मुख्य भूमिका रहेको पनि बताएका छन्।

About Author

Advertisement