समुद्र भित्र कयौं खजानाहरू छन्। संयुक्त राष्ट्र संघको अनुमानअनुसार, कम्तिमा तीस लाख जहाज भग्नावशेषहरू समुद्रीतटमा छन्, जसमध्ये धेरै खजानाले भरिएको हुनसक्छ। संसारका धेरै देशहरूले समय समयमा यसको खोजी गरिरहन्छन्। पुरातत्वविद्हरूले पनि तिनीहरूको निरन्तर नजर राख्छन्। तर चिलीको तटमा रहेको गहिरो समुन्द्रमा वैज्ञानिकहरूले आजसम्म नदेखेको एउटा अमूल्य वस्तु फेला पारेका छन्। यसबाट वैज्ञानिकहरु निकै खुशी छन्।
मिररको रिपोर्टअनुसार, चिलीको तटमा १०० भन्दा बढी नयाँ प्रजातिहरू पानीमुनि फेला परेका छन्, जुन अन्य ग्रहबाट आएजस्तो देखिन्छ। यसमा धेरै अद्वितीय कोरलहरू, स्पन्जहरू, समुद्री अर्चिनहरू, एम्फिपोडहरू र स्क्वाट लोबस्टरहरू समावेश छन्। यस प्रकारको प्रजाति आजसम्म देखिएको थिएन। यी गहिरो समुद्रमा बनेका पहाडहरूमा भेटिएका हुन्। यी समुद्री पहाडहरू ३,५३० मिटरसम्म अग्लो छन्। यी सालास वाई गोमेज रिजको रूपमा चिनिन्छन्। यो हिमाल शृङ्खला २,९०० किलोमिटर लामो छ र दुई सयभन्दा बढी समुद्री हिमाल मिलेर बनेको छ।
अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको टोलीले सबस्टियन नामको रोबोटको सहयोगमा यी क्षेत्रमा खजाना खोजिरहेको थियो। तिनीहरू आशा गरे, पानी मुनि कोबाल्टको ठूलो मात्रा हुनसक्छ। यहाँ केही कम्पनीहरु पनि यो काममा संलग्न छन्। यदि यहाँबाट कुनै पनि वस्तु निकालियो भने यसले यहाँ बसोबास गर्ने अधिकांश नदेखिने समुद्री जीवलाई नष्ट गर्ने डर वैज्ञानिकहरूलाई छ। यस ठाउँको अनुसन्धान गर्न वैज्ञानिकहरूले प्रयोग गरिरहेको रोबोटले समुद्रको ४,५०० मिटर गहिराइमा जानसक्छ। यो लण्डनको शार्ड भन्दा १४.५ गुणा अग्लो छ। यो समुद्री पर्वतहरूबाट डाटा संकलन गर्न डिजाइन गरिएको छ। वैज्ञानिकहरूले पत्ता लगाए, कोरल चट्टान र स्पन्जहरू जीवित छन्। यस्तो गहिराइमा तिनीहरूले चम्किलो रङका र रहस्यमय प्रजातिका माछा, झिंगा र एम्फिपोडहरू पनि भेट्टाए, जुन मानिसहरूले सायद पहिले कहिल्यै देखेका थिएनन्। वैज्ञानिकहरूले अब तिनीहरूको जीनहरू पृथ्वीमा अवस्थित कुनै पनि प्रजातिसँग मेल खान्छ वा छैन भनेर हेर्नको लागि अध्ययन गरिरहेका छन्। प्रोफेसर डा. जेभियर सेलेन्सले भने, ‘हामीले जे देख्यौं त्यो अचम्मको थियो। विशेष गरी स्पोंजबब जस्ता केही समूहहरू, हामीले यो कल्पना पनि गरेका थिएनौंl’ वैज्ञानिकहरूले पहिलो पटक ६०० मिटर भन्दा बढी गहिराई भएको क्षेत्रको अन्वेषण गरिरहेका छन्। उनीहरुले आउँदो १० वर्षमा एक लाख नयाँ समुद्री प्रजाति खोज्ने लक्ष्य राखेका छन्।