खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टीको शिवखेला क्षेत्रबाट युवाहरू भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। भागोप्रमोको युवा शक्ति केन्द्रीय उपाध्यक्ष निरेन लामाको उपस्थिति र अध्यक्षता सम्पन्न एक सभामा शिवखोला क्षेत्रका १०-१२ जना युवाहरू भागोप्रमोमा सामेल भएका छन्। पार्टीमा सामेल हुने सबै युवाहरूलाई युवा शक्तिको केन्द्रीय उपाध्यक्ष निरेन लामाले पार्टीको झण्डा प्रदान गरेर स्वागत जनाएका छन्। शिवखोलाबाट भागोप्रमोमा सामेल हुने युवाहरूमा अनुप तामाङ, युवराज सुब्बा, निरज लामा, कृष्ण सुब्बा, सनिप तामाङ, मन्डुप तामाङ, बिक्रम राई, प्रेमिस लामा, रुपेस खवास, सुबान लामा, दिलिप गजमेर, जेमिस तामाङ, राजकुमार सुब्बा आदि रहेका छन् भनी निरेन लामाले बताएका छन्। यस अवसरमा युवा शक्ति केन्द्रीय उपाध्यक्ष निरेन लामाले शिवखोला क्षेत्रका युवाहरू आजदेखि भागोप्रमोमा सामेल भएको र यस क्षेत्रमा पार्टी अझ मजबुद बनेको बताउँदै सामेल हुने युवाहरू सबैलाई पार्टीमा स्वागत जनाएका छन्।










