कोलकाता: पश्चिम बंगालको चिडियाखानामा अकबर नामको सिंह र सीता नामको सिंहनीलाई लिएर विवाद भएपछि त्रिपुरा सरकारले राज्यका प्रमुख मुख्य वन संरक्षक (वन्यजन्तु र पर्यावरण पर्यटन) प्रवीणलाल अग्रवाललाई निलम्बन गरेको छ। यी सिंह र सिंहनीहरूलाई त्रिपुराबाट पश्चिम बंगालको चिडियाखानामा सारिएको थियो। यी नामहरूले धार्मिक भावनामा चोट पुर्याएको आरोपमा विश्व हिन्दू परिषद (भीएचपी)ले कोलकाता उच्च अदालतमा दायर गरेको उजुरीपछि यो निलम्बन गरिएको हो। यी जनावरहरू १२ फरवरीमा त्रिपुराको सिपाहिजाला जुलिजिकल पार्कले राखेको थियो अनि तिनीहरूलाई पशु विनिमय कार्यक्रमअन्तर्गत सिलगढी ल्याइएको थियोl अधिकारीहरूका दाबीअनुसार, जनावरहरूलाई त्रिपुराको सिपाहिजाला जुलोजिकल पार्कले पालेको थियो र पशु विनिमय कार्यक्रमअन्तर्गत सिलगढीमा ल्याइएको थियो। उत्तर बङ्गाल वाइल्ड एनिमल्स पार्कका अधिकारीहरूले जनावरहरूको नाम परिवर्तन गर्ने विचार गरिरहेका थिए। यसपछि भीएचपीले सर्किट बेन्चमा नाम परिवर्तन गर्न अनुरोध गर्दै याचिका दायर गर्यो। यस्तो नाम राख्नुले धार्मिक भावनामा चोट पुग्ने भीएचपीले बताएको छ। हालै यस मुद्दाको सुनुवाई गर्दा कोलकाता उच्च अदालतले पश्चिम बंगाल सरकारलाई उनीहरूको नाम परिवर्तन गर्न आदेश दिएको थियो। एक मौखिक अवलोकनमा, कोलकाता उच्च न्यायालयको जलपाईगढी सर्किट बेन्चले भन्यो कि सिंह र सिंहनीको नाम ‘सीता’ र ‘अकबर’ राख्ने निर्णयलाई विवाद रोक्नको लागि त्याग्नुपर्ने थियो।










