बाघडुग्रा: झुन्डिएको अवस्थामा आज एकजना व्यक्तिको शव उद्धार भएको छ। घटना बाघडुग्रा थाना अन्तर्गत डिफेन्स कोलोनीको हो। मृतक व्यक्ति मोहम्मद जामारूलको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार प्रतिदिन झैं आज बिहान पनि मोहम्मद जामारूल प्रातः भ्रमणको लागि निस्केका थिए भने उक्त इलाकाको एउटा मैदानमा रहेको रुखबाट झुन्डिएको अवस्थामा तिनको शव उद्धार भएको बताइएको छ। घटनाको खबर पाएर बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच सुरू गरेको पुलिस सूत्रले जनाएको छ।