बंगाल: डकैती गर्न अगावै ३ युवकलाई पक्राउ

1000579021.jpg

सिलगढी: डकैती गर्ने उद्देश्यले भेला भएका ३ जना युवकलाई पुलिसले पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका आरोपीहरूको नाम मोहम्मद जावेद, चन्दन मोहन चौधरी र कुनाल सिंह बताइएको छ। प्राप्त जानकारी अनुसार मतिगढा थाना अन्तर्गत चतुर्थ महानन्दा नदीको किनारमा ३ जना युवक चोरी अथवा कुनै अपराधिक घटनालाई अन्जाम दिने उद्देश्यले भेला भएका थिए। मतिगढा थाना पुलिसले उक्त इलाकामा अभियान चलाएर ३ जनालाई पक्राउ गर्नको साथै केही हतियार पनि उद्धार गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement