दुई मन्त्रीलाई बागडोगरामा स्वागत

IMG-20220520-WA0179.jpg

सिलगढी। आज बागडोगरा हवाई अड्डामा केन्द्रिय बन्दरगाह, ढुवानी र जलमार्ग तथा आयुष मन्त्री सर्वानन्द सोनोवाल र केन्द्रिय आयुष तथा महिला एवं बाल विकास राज्य मन्त्री डा. मुन्जपारा महेन्द्र भाईलाई स्वागत जनाइयो। दुवै केन्द्रिय मन्त्री राजधानी गान्तोकमा आयोजन हुन लागिरहेको सोवा रिग्पामाथि दुई दिवसीय राष्ट्रिय कार्यशालामा भाग लिन सिक्किम आएका हुन्।
केन्द्रिय मन्त्री सोनोवाल दुई दिवसीय भ्रमणमा सिक्किम आएका हुन्। सोनोवाल शनिवार बिहान राजधानीको इञ्चे गुम्पामा ‘योगोत्सव’ मा सहभागी बन्ने छन्। त्यसपछि, मनन केन्द्रमा आयोजन हुने सोवा रिग्पामाथि दुई दिवसीय राष्ट्रिय कार्यशालाको उद्घाटन गर्नेछन्।
केन्द्रिय मन्त्रीहरूलाई बागडोगरा हवाई अड्डामा सिक्किम सरकारका अधिकारीहरूले स्वागत जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement