बंगाल: राजगञ्जमा ३ वटा सडकको निर्माण कार्यको शिलान्यास

20cddcbf-b282-4584-9f53-3e37c4ea0ef8-1024x576.jpg

राजगञ्ज: आज जलपाईगढी जिल्ला परिषदका सभाधिपति कृष्णा राय र राजगञ्जका विधायक खगेश्वर रायले राजगञ्जमा ३ वटा नयाँ सडकको निर्माण कार्यको  शिलान्यास गरे। शिकारपुर ग्राम पञ्चायतको फकोटिया मोडबाट ढोपेर हाट हुँदै चिल्कापाडासम्म लगभग ६ किलोमिटर सडकको आज शिलान्यास गरियो। यो सडक जिल्ला परिषदको कोषबाट लगभग १ करोड रुपियाँको लागतमा निर्माण गरिरहेको छ। अर्कोतिर, मन्तादारी ग्राम पञ्चायतको शिमुलबारी गाउँ इलाकाको एउटा पुललाई जोड्ने लगभग १.४ किलोमीटर सडकको निर्माण कार्यको पनि शिलान्यास गरियो। यसबाहेक बेलाकोबा संलग्न आमेतीमोड सडकको पनि शिलान्यास गरियो। यस विषयमा राजगञ्जका विधायक खगेश्वर रायले भने, आज धेरैवटा सडकको शिलान्यास गरियो। यी सडकहरू बेहाल अवस्थामा थियो। यस अवसरमा जिल्ला परिषदका सदस्य रनवीर मजुमदार, शिकारपुर ग्राम पञ्चायत प्रधान प्रभा कुजुर, मन्तादारी ग्राम पञ्चायत प्रधान अर्चना राय, अरिन्दम ब्यानर्जी लगायत अन्य उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement