सिक्किम: सोरेङ जिल्लाबाट जनतालाई सरकारी सहुलियत वितरण शुरु

n58653133417089437654142043391e882df038db21bfdf811a5c15d54e443fbdc64e1f27c3b34eec69ff84.jpg

गान्तोक: सिक्किम सरकारले आज सोमवार सोरेङ जिल्लाबाट जनतालाई सरकारी सहुलियत वितरण शुरु गरेको छ। मुख्यमन्त्री पीएस तामाङले सोरेङमा आयोजित पहिलो जन भरोसा सम्मेलनको अवसरमा रिन्चेबुङ, दरामदिन, जुम – सालघारी र सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका जनतालाई सरकारका विभिन्न सहुलियतको टोकन वितरण गरे।

राज्यको ग्राम विकास विभाग अन्तर्गत आयोजित जन भरोसा सम्मेलनबाट विभिन्न विभाग अधिनस्थ चयनित लाभार्थीलाई आजबाट सहुलियत दिने काम शुरु गरिएको हो। मुख्यमन्त्रीले आज नै गेजिङ जिल्लाको विभिन्न क्षेत्रका जनता पनि सहुलियत दिने कार्यको शुरुवात गर्नेछन्। सिक्किम सरकारले मानिसहरूलाई घर निर्माण गर्नका लागि ग्राम विकास विभाग अन्तर्गत साढे १७ लाख रुपियाँको सिक्किम गरीब आवास योजना, घर मर्मतका लागि ५०,००० रुपियाँको सहयोग राशि, आवश्यक परेका मानिसहरूलाई घर छाउने च्यादर, आमा सशक्तिकरण योजना अन्तर्गत लाभार्थी आमाहरूलाई ४०,००० रुपियाँ सहयोग राशि, ग्रामीण क्षेत्रका परिवारलाई इन्भर्टर, पर्यटन प्रवर्द्धनका लागि होमस्टे योजना वितरण गर्नेछ।

यसबाहेक जनतासँग सोझो सम्पर्कमा रहने विभाग अन्तर्गतका सुविधा र सहुलियत पनि जन भरोसा सम्मेलनबाट जनतालाई प्रदान गरिनेछ जसका लागि सम्बन्धित विभागले सम्मेलन आयोजन स्थलमै स्टलहरु लगाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement