सिलगढी: सिलगढ़ीको चम्पासरी ग्राम पञ्चायतअन्तर्गत बाबुबासाका एथलीट विवेक छेत्रीले पावर लिफ्टिंगमा फेरि सफलता हासिल गरेका छन्। पिता किशोर छेत्री र माता विष्णु छेत्रीको निरन्तर साथ र समर्थनको साथ सफलताको गोरेटोमा अग्रसर हुने विवेकले सिक्किमको रम्फूमा भएको पुरुष अनि महिला फर्ष्ट फिटेस्ट ओपन फिटनेस कम्पीटिशन २०२४-को पावर लिफ्टिंगमा आफ्नो ओजन वर्गमा पहिलो स्थान हासिल गरे। फिट स्टेशन रम्फू र युथ अव् रम्फूको आयोजनमा भएको यस प्रतियोगितामा हिस्सा लिएर सफलता हासिल गर्ने ३० वर्षीय विवेकले पावर लिफ्टिंगको बेञ्च प्रेस र डेड लिफ्ट दुवैमा हिस्सा लिन्छन्।

उनले यसअघि पनि नयाँ दिल्ली, सिलगढ़ी, जोरथांग र दार्जीलिङमा पनि विभिन्न प्रतियोगिताहरूमा हिस्सा लिएर खिताब जितिसकेका छन्। विवेक पावर लिफ्टिंग एथलीटको साथमा जीम इन्स्ट्रक्टर पनि हुन्।