सोरेङ: सोरेङले एकैदिनमा पाँचवटा जन उपयोगी पूर्वाधार प्राप्त गरेको छ। सोमवार बिहान मुख्यमन्त्री पीएस तामाङले यी पूर्वाधारहरू उद्घाटन गरेर जनतालाई समर्थित गरे। यी वृहत पूर्वाधारहरूमा बीएसी कम्प्लेक्स, स्पोर्ट्स कम्प्लेक्स, आग्निशमन केन्द्र, पार्क र माङ्खिम रहेका छन्।
लामो समयदेखिको आवश्यकतामा रहेको अग्निशमन केन्द्र सोरेङले प्राप्त गरेको छ। सोरेङ बजार नजिक सिङलिङमा निर्माण गरिएको आग्निशमन केन्द्र सोमवार बिहान मुख्यमन्त्री तामाङले उद्घाटन गरे। यस अग्निसमन केन्द्रको निर्माण कार्य २०१९ मा शुरु गरिएको थियो। दुईवटा फायर टेन्डर र आगो नियन्त्रणका लागि अन्य आवश्यक सुविधा जडान गरिएको यस केन्द्रले सोरेङ, कलुक, च्याखुङ, दोदक, टिम्बुरबुङ लगायत सोरेङ जिल्लाका अन्य गाउँका लागि सुविधा दिनेछ।
यसअघि वन विभागले सोरेङ बजार नजिक बरबोटेमा निर्माण गरेको नगर वन पार्क मुख्यमन्त्रीले उद्घाटन गरे। बीएसी कम्प्लेक्स, स्पोर्ट्स कम्प्लेक्स र र माङ्खिम पनि आज नै मुख्यमन्त्रीले उद्घाटन गरेका हुन। सोरेङ जिल्ला गठनपछि एकैसाथ निर्माण भएका यी पूर्वाधार जनताको सुविधाका लागि रहेका छन्।