बगाल: घर अघिबाट टाेटाे चोरी गरेको आराेपमा १ पक्राउ, टाेटाे उद्धार

Capture3-12.png

सिलगढी: सिलगढी थाना पुलिसले घर अघिबाट टोटो चोरी गरेको आराेपमा १ जनालाई पक्राउ गरेकाे छ भने टोटो पनि उद्धार गरेकाेछ। पक्रा परनेकाे नाम सुभाष बर्मन (४०) बताइएको छ। आज आराेपीलाई सिलगढी अदालतमा पेश गरियाे। प्राप्त जानकारी अनुसार गत ७ जनवरीमा रथखोला इलाका निवासी जगदीशचन्द्र सरकारको घर अघिबाट टोटो चोरी भएको थियो।तिनले विभिन्न ठाउँमा टोटो खोजी गरे तापनि नपाएपछि सिलगढी थानामा टोटो चोरी भएकोबारे अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका सिलगढी थानाको एन्टी क्राइम विङ्सले फुलेश्वरीको दक्षिण भारतनगरस्थित देवाशीष कोलनीबाट सुभाष बर्मनलाई पक्राउ गर्नको साथै चोरी गरेको टोटो पनि उद्धार गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement