रुस-युक्रेन युद्ध:  ३१ हजार युक्रेनी सैनिक मारिए

Watermark - 2

रुस युक्रेन युद्ध शुरु भएको दुई वर्षमा युक्रेनले आफ्ना ३१ हजार सैनिक गुमाएको बताएको छ। सन् २०२२ को २४ फरवरीदेखि शुरु भएको युद्धको दुई वर्ष पुरा भइसकेको छ। तर, युद्ध अझै रोकिएको छैन्। युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले रुसले आक्रमण शुरु गरेदेखि अहिलेसम्म ३१ हजार सैनिक मारिएको शनिबार बताएका छन्, तर उनले घाइते सैनिकको संख्या भने सार्वजनिक नगर्ने प्रष्ट पारे। युद्धका कारण दुई देशका हजारौं सैनिक र नागरिकहरुले ज्यान गुमाएका छन् भने लाखौ सर्वसाधारण युद्धको नकारात्मक प्रभावसँग जुधिरहेका छन्l युद्धबाट भएको मानविय,भौतिक क्षतिसँगै आर्थिक सामाजिक क्षेत्रमा परेको असर नगन्य छ।

रुस युक्रेन युद्ध शुरु भएपछि ४० लाखभन्दा बढी युक्रेनी नागरिकहरू देश छोडेर अन्य देशहरूमा शरणार्थीको रूपमा बसिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। युक्रेनका १० हजार नागरिकको मृत्यु भइसकेको छ भने १८ हजार ५ सय घाइते भएका छन्। यस्तै, लगातारको युद्धका कारण देशमै रहेका ६५ लाखभन्दा बढी युक्रेनीहरू त्रासपुर्ण र अन्यौलताका स्थितिमा रहेका छन्। विशेषगरी बालबालिकाहरुलाई युद्धले गहिरो चोट दिएको छ। युक्रेनी मात्रै नभएर रसियन नागरिक पनि युद्धको असर भोगिरहेका छन्। दुई देशबीचको युद्धले पश्चिमा राष्ट्रलाई धु्रविकृत बनाएको  छ। आफूभन्दा शक्तिसाली रुससँगको लडाईमा युक्रेनलाई अमेरिका, इंग्ल्याण्ड, इयुजस्ता संस्था लगायतका शक्ति राष्ट्रहरुले आर्थिक र अन्य सहयोग गर्दै आएका छन्।

युद्ध शुरु भएपछि रुसले युक्रेनको १८ प्रतिशतमा रुसले कब्जा जमाएको अमेरिकी संस्था इन्स्टिच्युट फर स्टडी अफ वार (आइएसडब्ल्यू)ले जनाएको छ। रुसी सेनाले युक्रेनको डोनेट्स्क, लुहान्स्क, जापोरिझिया, खेरसन र खार्किभका केही भागहरू कब्जा गरेको छ। रुसी सेनाले सन् २०१४ मा युक्रेनी प्रायद्वीप क्रिमिया कब्जा गरेको थियो। त्यसपछि रुस युक्रेनबीचको सम्बन्धमा दरार थप बढेको थियो भने २०२२ मा रुसले युक्रेनमा एकतर्फी आक्रमण सुरु गरेपछि युक्रेनले पनि जवाफी आक्रमण शुरु गरेको थियो। युद्धको प्रभाव विश्वस्तरमै परिरहेको छ। तेल, खाद्यान्न लगायतका कुराहरुको महँगी दर निरन्तर बढिरहेको छ। यति मात्र होइन युद्धको असरबाट नेपाल पनि अछुतो छैन्। युद्धको असर नेपालीले पनि भोगिरहेका छन्। रुसी सेनामा कार्यरत नेपालीमध्ये हालसम्म १६ जनाले ज्यान गुमाएको पुष्टि भएको छ। एक सय १६ जना घाइते भएका छन् भने बेपत्ता वा लामो समयदेखि परिवारको सम्पर्कमा नआएका नेपालीको संख्या दुई सय ६० जना भन्दा बढीरहेको कन्सुलर सेवा विभागले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement