सिलगढी मिलन मोड़ भेटरन्स क्लबको आयोजनमा आइतवार खेलिएको इण्डो-बंग्लादेश मैत्री प्रदर्शनी फूटबल म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो। बंग्लादेश माणिकगञ्ज सोनाली अतीत र आयोजक मिलन मोड़ भेटरन्स क्लबबीच स्थानीय मिलन मोड़ खेल मैदानमा भएको यस म्याचमा दुवै टीमबाट पूर्व दिग्गज खेलाड़ीहरूले हिस्सा लिएका थिए। दुवै टीमले म्याचमा लगातार प्रयास गरे पनि गोल गर्न सकेन। म्याचको अन्तमा पाहुना टीमका खेलाड़ीहरूलाई आयोजक समितिको तर्फबाट स्मृति चिन्ह र अन्य पुरस्कारहरू प्रदान गरियो।