सभासद नवराज छेत्रीलाई तीनधारेको गैरी गाउँस्थित गोदावारी संघद्वारा सम्बर्ध्दना

खरसाङ: तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीलाई तीनधारेको गैरी गाउँस्थित गोदावारी संघको आयोजनामा सम्बर्ध्दना जनाइएको छ। संघको सभापति पदमबहादुर राईको अध्यक्षता र सभासद नवराज छेत्रीको प्रमुख अातिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमलाई नवराज राईले सञ्चालन गरेका थिए। यसै कार्यक्रममा तीनधारे महानदी समष्टिको नवनिर्वाचित सभासद नवराज छेत्रीलाई तीनधारेको गोदावारी संघको तर्फबाट खदार्पणसहित शल ओढ़ाएर सम्बर्ध्दना पत्र प्रदान गरी सम्मान जनाइएको छ। यसरी सम्बर्ध्दना जनाइएकोमा सभासद नवराज छेत्रीले सम्पूर्ण गैरी गाउँस्थित गोदावारी संघको सबैप्रति आभार प्रकट गर्दै यो सम्बर्ध्दना तपाईहरूकै हो कारण तपाईहरू सबैले एक भएर मलाई भोट दिएर जिताएको हो भनी बताएका छन्। सभासद नवराज छेत्रीले यो मेरो जीत जनताले एकता देखाएर पाएको जीत हो भनी बताउँदै साधारण विचारमा हिँड्ने मान्छे हो र यो जीत तपाईहरू सबै हो भनी बताएका छन् । यस सम्बर्ध्दना कार्यक्रममा तीनधारे महानदी समष्टि युवा शक्तिको सभापति केवल राई, सचिव सञ्जीव मंगर, गोदावरी संघको सचिव रबि सुब्बा, प्रमुख सल्लाहकार कुमार भुजेल, उत्तम ब्राह्मण, गणेश छेत्री, फेनेन्द्र उपाद्यय लगायत अन्यहरू उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *