रुपे प्राइम भलिबल लीग सीजन-३: कालीकट हीरोजको असाधारण जीत

IMG-20240225-WA0227.jpg

काेलकत्ता: ए२३-द्वारा सञ्चालित रुपे प्राइम भलिबल लीग सीजन-३-को १५औं म्याचमा कालीकट हीरोजले असाधारण जीत हासिल गऱ्यो। आइतवार यहाँको जवाहरलाल नेहरु इण्डोर स्टेडियममा खेलिएको म्याचमा कालीकट हीरोजले कलकत्ता थण्डरबोल्टलाई सजिलैसँग ३-० (१६-१४, १५-८, १५-५)-ले पराजित गऱ्यो। विजेता टीमका जेरोम विनितलाई प्लेयर अव् द म्याच चयन गरियो। ओनुर कुकुरको असाधारण खेलको सहायताले कलकत्ता थण्डरबोल्ट्सले म्याचमा असल शुरुवात गरे पनि जेरोमको विध्वंशी सर्वको दममा कालीकट हीरोजले पनि असाधारण पुनरागमन गऱ्यो। म्याचको पहिलो सेटमा कलकत्ता थण्डरबोल्ट्सले असल चुनौती दिए पनि रहल दुईवटा सेट जित्न कालीकट हीरोजलाई अधिक समस्या भएन। यसरी कालीकट हीरोजले फेरि एकपल्ट सामूहिक प्रयासको दममा यस सीजनमा आफ्नो तेस्रो जीत दर्ता गऱ्यो। रुपे प्राइम भलिबल लीग सीजन-३-को लाइव कवरेज सोनी स्पोर्ट्स टेन १ एसडी र एचडी, सोनी स्पोर्ट्स टेन ३ एसडी र एचडी (हिन्दी), सोनी स्पोर्ट्स टेन ४ एसडी र एचडी (तमिल र तेलुगु)-मा हेर्न सकिनेछ। म्याचहरू साँझ ६:३० बजीदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement