अलिबक्स सेवेन च्याम्पियन

IMG-20240226-WA0129.jpg

खरसाङ: खरसाङमा वेष्ट बेंगल नेवार डेवलपमेण्ट कल्चरल बोर्ड र नेवार बुद्धिष्ट कल्याण संगठनको संयुक्त आयोजनमा नेवारी संस्कृति र उत्पादहरूलाई प्रोमोट गर्ने लक्ष्यको साथ आयोजित पहिलो भिमसेन च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टमा अलिबक्स सेवेन च्याम्पियन भयो। नयाँ बजार स्थित डब्ल्यूबीएनभीएफ मैदानमा आइतवार भएको फाइनल म्याचमा अलिबक्स सेवेनले हिल्स फूटबल एकाडमीलाई १-०-ले पराजित गऱ्यो। यस सेभेन ए साइड नक्आउट फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

फाइनलमा मुख्य अतिथिको रूपमा जीटीए-का प्रमुख कार्यपाल अनित थापा उपस्थित थिए। अलिबक्स सेवेन टीमका रोनिक राईलाई प्लेयर अव् द म्याच चयन गरियो, जसले फाइनलमा एकमात्र गोल गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement