श्रीलंकाई टी२० टीमका कप्तान हसरंगामाथि दुईवटा म्याचको प्रतिबन्ध

IMG-20240225-WA0238.jpg

दुबई: इण्टरनेशनल क्रिकेट परिषद (आईसीसी)-ले दाम्बुलामा तेस्रो टी२० इण्टरनेशनल म्याचको अवधि आचार संहिताको उल्लंघन गरेकोमा श्रीलंकाका कप्तान वानिन्दु हसरंगालाई दुईवटा म्याचको निम्ति निलम्बित गऱ्यो जबकि अफगानिस्तानका विकेटकीपर ब्याटर रहमानुल्लाह गुरबाजमाथि पनि म्याच फीसको १५ प्रतिशत जरिमाना लगाइयो। स्पिन बलिंग अलराउण्डर हसरंगालाई २४ महिनाको अवधिमा जम्मा ५ डिमेरिट अंक प्राप्त हुँदा उनीमाथि प्रतिबन्ध लगाइयो। यसमा आईसीसी आचार संहिताको उनको नवीनतम उल्लंघन पनि सामेल छ। आईसीसीले आफ्नो बयानमा भनेको छ, श्रीलंकाका टी२० कप्तान वानिन्दु हसरंगालाई आईसीसी आचार संहिताको नवीनतम उल्लंघनपछि २४ महिनाको अवधि भित्र उनको डिमेरिट अंक ५ पुग्दा दुईवटा म्याचको निम्ति निलम्बित गरियो। आचार संहिताको नवीनतम उल्लंघनको निम्ति उनीमाथि म्याच फीसको ५० प्रतिशत जरिमाना अनि ३ डिमेरिट अंक प्राप्त भयो। घटना बुधवार तेस्रो तथा अन्तिम टी२० इण्टरनेशनल म्याचको अवधि भएको थियो, जब अन्तिम ओभरको एउटा फूलटस बललाई नो बल नदिइँदा फसेलाको आलोचना गर्दै हसरंगाले मैदानी अम्पायर लिण्डन हेनिबलसँग बहस गर्न गएका थिए। यसरी उनलाई खेलाड़ीहरू र खेलाड़ीहरूका सहयोगी स्टाफसँग सम्बन्धित आईसीसी आचार संहिताको नियम २.१३-को उल्लंघनको दोषी पाइयो। अब हसरंगाले एउटा टेस्ट म्याच या दुईवटा वनडे या दुईवटा टी२० इण्टरनेशनल, जुन पनि पहिला आउनेछ, त्यसमा हिस्सा लिन सक्नेछैनन्। यसरी हसरंगाले आउँदो महिना बंग्लादेश यात्रामा श्रीलंकाको शुरुवाती दुईवटा टी२० इण्टरनेशनल म्याच खेल्न सक्नेछैनन्।
अफगानिस्तानका ब्याटर गुरबाजमाथि पनि त्यही म्याचमा आईसीसी आचार संहिताको लेवल १-को उल्लंघनको मामिलामा जरिमाना लगाइयो। उनले आचार संहिताको नियम २.४-को उल्लंघन गरे, जुन इण्टरनेशनल म्याचको अवधि अम्पायरका निर्देशलाई पालन नगर्नुसँग सम्बन्धित छ। यसले गर्दा गुरबाजको अनुशासनात्मक रेकर्डमा एक डिमेरिट अंक पनि जोड़ियो, जुन २४ महिनाको अवधि उनको यस्तो दोस्रो अपराध थियो। यसरी उनको खातामा जम्मा २ डिमेरिट अंक रहन पुग्यो।

About Author

Advertisement